भारतीय शहरमा ‘चलिए पोखरा’

Read Time:2 Minute, 34 Second

मनोज घर्तीमगर

Image may contain: 8 people, people smiling, people sitting

लखनउ, असार १९ – भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन लखनउ आइपुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले यहाँका पर्यटन व्यवसायी तथा संचारकर्मीसँग आइतबार अन्तरक्रिया गरेको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा यही असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान सुरु भएको हो ।  औपचारिक रुपमा छ वर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सम्पन्न हुनेछ ।

Image may contain: 6 people, people smiling, people sitting and indoor

‘बोर्डर टाउन सेल्स मिसन’ नाम दिइएको अभियानमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र संचारकर्मी गरी ३० जना सहभागी छन् । शनिबार बिहारको राजधानी पटनामा चलिए पोखरा अभिायनको टोलीले अन्तरक्रिया गरेको थियो भने सोमबार पनि उत्तर प्रदेशको गोरखपुरमा चलिए पोखरा अभिायन अन्तर्गतका कार्यक्रम सम्पन्न गर्ने छ । गोरखपुरमा अन्तिम कार्यक्रम आयोजना गरिने छ ।

विनासकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखरासम्म पर्यटकको सहज पहुँचका लागि सडक मार्गहरुको स्तारोन्नती तथा हवाई सेवा विस्तार गर्दै दिगो पर्यटनमा जोड दिने अभिप्रायलाई बल दिने उद्धेश्य पनि अभियानले बोकेको छ ।
Image may contain: 5 people, indoor

पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय शहरहरुमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्धेश्य रहेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । पत्रकार सम्मेलनहरु र द्विपक्षीय व्यापारिक भेटघाट (वीटुवी) कार्यक्रमका साथ प्रचारात्मक गतिविधिहरु अगाडि बढाउने योजना अभियानले समेटेको उनले बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %