पाल्पाको तानसेन नगरपालीका सहित पाँच गाउपालीकामा एमाले र रामपुर नगरपालीका सहित ३ मा काग्रेस बिजयी

Read Time:9 Minute, 28 Second

देब पचभैया

पाल्पा, असार १९ – ८ गाउपालीका र दुई नगरपालीका गरी १० स्थानिय तह रहेको पाल्पामा तानसेन नगरपालीका र पाच गाउपालीका गरी ६ स्थानिय तहमा नेकपा एमाले बिजयी भएको छ । रामपुर नगरपालीका र ३ गाउपालीका गरी चार स्थानमा नेपाली काग्रेस बिजयी भएको छ । नेकपा एमाले तानसेन नगरपालीका सहित तिनाउ गाउपालीका, पूर्वखोला गाउपालीका, निस्दी गाउपालीका, रम्भागाउपालीका र रिब्दीकोट गाउपालीकामा बिजयी भएको हो ।  नेपाली काग्रेस रामपुर नगरपालीका सहित माथागढी गाउपालीका, रैनादेबी छहरा गाउपालीका र बगनासकाली गाउपालीकामा बिजयी भएको छ ।

एमाले बिजयी स्थानहरु:

नगरपालीकामा
तानसेन नगरपालीकामा नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेका असोक कुमार शाही मेयर पदमा बिजयी हुनुभएको हो । उपमेयरमा एमालेकै लक्ष्मी पाठक बिजयी हुनुभयो ।
मेयर पदमा बिजयी शाहीले १०,४,५० मत प्राप्त गर्नुभएको  छ भने उपमेयर पदमा बिजयी पाठकले ९,७,५३ मत प्राप्त गर्नुभएको छ । मेयर पदमा बिजयी शाही तानसेन नगरकै पूर्ब मेयर हुनुहुन्छ ।
मेयर पदमा प्रतिस्पर्धी नेपालीका काग्रेसका अजयमान कर्माचार्यले ८,०,६७ मत पाउनुभएको छ भने उपमेयरपदमा प्रतिपस्र्धी काग्रेसकै लाल कुमारी रानाले ८,३,८९ मत पाउनुभएको छ ।

गाउपालीकामा
तिनाउ गाउपालीकाको अध्यक्षमा एमालेका ओम बहादुर घर्ती मगर बिजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेकै दमयन्ति थापा बिजयी हुनुभएको छ । अध्यक्ष घर्तीले २,८,१९ मत प्राप्त गरि बिजयी हुदा प्रतिस्पर्धी नेपाली काग्रेसका महेन्द्र पाण्डेले २,७०७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा बिजयी थापाको २८७५ मत आउदा प्रतिस्पर्धी काग्रेसकी मन कार्कीले २६८६ मत प्राप्त गर्नुभएको छ ।
पुर्ब खोला गाउपालीकाको अध्यक्षमा एमालेका नुन बहादुर थापा बिजयी हुनुभएको छ । थापाले ८,८,३६ मत प्राप्त गरी बिजयी हुदा प्रतिस्पर्धी नेपाली काग्रेसमा झमनराज मगरले १०३२ मत पाउनुभयो । गाउपालीकाको उपाध्यक्षमा एमालेकै भागीरथी भट्राई बिजयी हुनुभएको छ । ५४३१ मत पाएर भट्राई बिजयी हुदा प्रतिस्पर्धी नेपाली काग्रेसकी पुस्पा गाहाले १,१४३ मत प्राप्त गर्नुभयो ।
निस्दीगाउपालीकामा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार मुतm बहादुर सारु अध्यक्षमा बिजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै रिता कुमारी अर्याल बिजयी हुनुभएको हो । अध्यक्ष सारुले ५,३२० मत र उपाध्यक्ष अर्यालले ५,३,६५ मत प्राप्त गर्नुभएको छ । कांग्रेस माओवादी गठबन्धनबाट अध्यक्षमा प्रतिस्पर्धी सालिकराम पाण्डेले २,२६५ र उपाध्यक्षमा प्रतिस्पर्धी माओवादी केन्द्रका बलु गैरेले २,१,८५  मत प्राप्त गर्नुभएको छ ।
रम्भागाउपालीकामा नेकपा एमाले बिजयी भएको छ । एमाले बाट अध्यक्षका उम्मेदवार बिष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा एमालेकै राधाकुमारी श्रेष्ठ बिजयी हुनुभएको हो । अध्यक्ष भण्डारीले ४,७,६७ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा बिजयी श्रेष्ठले ४,८०४ मत पाउनुभएको छ । अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली काग्रेसका असोक कुमार फालले ४,०९८ र उपाध्यक्षकी प्रतिस्पर्धी काग्रेसकी बिष्णु कुमारी सिंजालीले ४,१,२२ मत प्राप्त गर्नुभएको छ ।
रिब्दीकोट गाउपालीकामा नेकपा एमाले बिजयी भएको छ । एमालेबाट अध्यक्ष पदका उम्मेदवार नारायण बहादुर जिसी बिजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल बिजयी हुनुभयो । अध्यक्ष जिसिले ३,८,०३ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष खनालले ३,८,८१ मत पाउनुभयो । प्रतिस्पर्धी माओबादी केन्द्रका लिला बहादुर कार्कीले २,८,४८ मत पाउनुभयो । उपाध्यक्षमा प्रतिस्पर्धी नेपाली काग्रेसकी कमला छहरीले २,८,९९ मत पाउनुभएको छ । कुल ९,८,४९ मत खसेको रिब्दीकोटमा माओबादी केन्द्र , राप्रपा र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

काग्रेस बिजयी स्थानहरु:

नगरपालीकामा
रामपुर नगरपालीकामा  नेपाली काग्रेस बिजयी भएको छ । काग्रेस बाट मेयर पदका उम्मेदवार रमण थापा बिजयी हुनुभएको हो । थापाले ८,८,८५ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा पनि नेपाली काग्रेसकै विष्णु देवी घिमिरे (आचार्य) बिजयी हुनुभयो । घिमिरेले ८,५,२८ मत प्राप्त गर्नुभएको छ । मेयर पदमा प्रतिस्पर्धी नेकपा एमाले र माओबादी केन्द्रका संयुतm उम्मेदवार नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ७,६,७६ र उपमेयर पदमा प्रतिस्पर्धी नेकपा एमालेकी दुर्गादेबी रानाले ७,९,२४ मत प्राप्त गर्नुभयो । रामपुर नगरपालीकामा १७,२,३८ मत खसेको थियो ।

गाउपालीकामा
माथागढी गाउपालीकामा नेपाली काग्रेस अध्यक्ष, उपाध्यक्ष सहित ८ वटै वडामा बिजयी भएको छ ।   अध्यक्षमा सन्तोश थापा मगर र उपाध्यक्षमा निर्मला भट्राई बिजयी हुनुभएको हो ।  बिजेता थापाले ६०९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी  नेकपा एमालेका बिमल प्रसाद काफ्लेले ४०२१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा बिजयी भट्राईले ५६२४ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेकी मायाचिदिले ४१०१ मत प्राप्त गर्नुभएको छ ।
रैनादेबीछहरा गाउपालीकामा नेपाली काग्रेस बिजयी भएको छ । रैनादेबी छहरा गाउपालीकामा काग्रेस बाट अध्यक्षका उम्मेदवार राम बहादुर कार्की विजयी हुनुभएको हो । उपाध्यक्षमा काग्रेसकै चित्र कुमारी थापा (चेतना) बिजयी हुनुभएको हो । अध्यक्ष कार्कीले ५,१,४६ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष ५,३,२० मत प्राप्त गर्नुभएको छ । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका राम बहादुर राउतले ४,९,४३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षका प्रतिस्पर्ध एमालेकी गोमा बगालेले ४,७,७२ मत प्राप्त गर्नुभएको छ । १७,६०० मत रहेको रैनादेबी छहरा गाउपालीकामा १२,७,८४ मत खसेको थियो ।
बगनासकाली गाउपालीकामा नेपाली काग्रेस बिजयी भएको छ । काग्रेसका उम्मेदवार कृष्ण प्रसाद बस्याल बिजयी हुनुभएको हो । नेकपा माओबादी केन्द्र संग तालमेल गरेको काग्रेसले अध्यक्षमा ५,५,९४ मत ल्याएर बिजयी भएको हो । उपाध्यक्षमा भने नेकपा एमालेकी सरस्वती चिदि बिजयी हुनुभयो । चिदिले ५,५,५५ मत ल्याउनुभएको छ । अध्यक्षमा प्रतिस्पर्धी नेकपा एमालेका देबी बस्यालले ५,३,४६ मत पाउनुभएको छ । नेपाली काग्रेस संग तालमेल गरी उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका माओबादी केन्द्रका कृष्ण भुषालले ४०५६ मत पाउनुभयो । अध्यक्षमा पराजित देवी बस्याल नेकपा एमालेको पुर्व जिल्ला अध्यक्ष हुनुहुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %