आदिबासी जनजाति चलचित्र महोत्सवको समुट्घाटन सभामुखले गर्ने

Read Time:2 Minute, 52 Second

नाइस मिडिया नेटवर्क

Image may contain: text

 

 काठमाण्डौ, १६ असार – आदिबासी जनजाति चलचित्र महोत्सव २०७४ को समुद्घाटन सम्माननीय सभामुख ओनसरी घर्ती मगरले गर्नु हुने भएको छ । यहि असारको १७, १८ र १९ गते आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन सभामुखबाट गर्न लागिएको जानकारी महासंघका अध्यक्ष अमृत सुनुवारले दिनुभएको छ ।

साथै महोत्सवलाई भव्य र प्रभावकारी ढंगबाट सम्पन्न गर्नको लागि अन्तिम तयारी पुरा भएको समेत उहाँले बताउनु भएको छ । नेपाल पर्यटन बोर्डको हल भृकुटी मण्डप, काठमाण्डौमा भोली शनिवार विहान ११:०० बजे विभिन्न जातिय झाँकीहरुको प्रस्तुति सहित समुट्घाटन समारोह गर्न लागिएकाले सम्पुर्णलाई उपस्थितिको लागि समेत उहाँले अनुरोध गनुभयो ।

No automatic alt text available.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुबाट छनौट भएका आदिवासी जनजाती चलचित्र, वृत्तचित्र, र छोटा चलचित्र गरी १८ वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।

महोत्सवमा प्रति चलचित्र हेर्नको लागि रु १०० को प्रवेश शुल्क लाग्ने र छोटो चलचित्रहरुको लागि भने प्याकेजमा व्यवस्था रहेको साथै महोत्सवमा सहभागिता जनाउने सवै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप प्रति चलचित्र रु ५,००० नगद प्रदान गरिने र  पव्लिक च्वाईस अवार्ड पाउनेलाई रु २५,००० नगद पुरस्कार समेत प्रदान गरिने कुरा यस अगाडि नै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइसकिएको थियो ।

 

पछिल्लो समय मौलिक नेपाली कलासंस्कृतिहरुको अवस्थाबारे सवैको चासो र अध्ययन गर्नुपर्ने कुरामा चेतनाको विकास भएकोले नेपाली समाज, नेपाली मौलिक कला संस्कृतिहरुको चित्रण यस्ता आदिबासी जनजाति चलचित्रहरुले गर्ने हुदाँ यसको बारेमा हेर्ने र अध्ययन गर्ने अवसर पनि यो महोत्सवमा रहेको हुदाँ धेरै भन्दा धेरै खाले आम दर्शकहरुको उपस्थित हुने कुरामा ढुक्क रहेको कुरा महासंघका पुर्व अध्यक्ष प्रतिमाया पुन मगरले जानकारी दिनुभएको छ ।

No automatic alt text available.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %