रूद्र श्रीसमगर

पोखरा, असार १५ – मिलन फाउण्डेशन नेपालले हङकङबाट दुई साताको बिदामा नेपाल आएका फाउण्डेशनका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई शुभयात्राको कामनासहित बिदाइ गरेको छ ।
बिहीबार फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङ, कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङ, सचिव मदन गुरुङ, कोषाध्यक्ष देउकी (दिपिका) सिंजाली ‘मिलन’, कार्यसमिति सदस्यहरू कृष्णकला केसी, गौरी गुरुङ, धनकुमारी गुरुङ, प्रचार–प्रसार संयोजक रूद्रबहादुर श्रीस, होटल व्यवसायी शान्ता गुरुङ र मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा तमुस्योले संरक्षक गुरुङलाई खादा, माला र पुष्पगुच्छासहित सुखद् यात्राको कामना गर्दै बिदाइ गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै संरक्षक गुरुङले आफ्नो नेपाल बसाइँ छोटो भएपनि उपलब्धीपूर्ण भएको बताउनुभयो । सामाजिक क्षेत्रका फाउण्डेशन स्थापित भइसकेको भन्दै समाजसेवी गुरुङले आगामी दिनमा समेत फाउण्डेशनमार्फत् सामाजिक कार्य गर्नका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, उहाँले फाउण्डेशनलाई सक्रिय बनाइ सामाजिक कार्यमा क्रियाशील भएको र प्रशंसनीय कार्य गरेकोमा कार्यसमितिका पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिनुभयो ।
फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङले संरक्षक गुरुङलाई बिदाइ गर्दै फाउण्डेशनका हरेक कार्यमा सहयोग गर्नुभएकोमा आभार प्रकट गर्नुभयो । यसैबीच, बिहीबार नै फाउण्डेशनको विशेष बैठक सम्पन्न भएको छ ।
