देब पचभैया

पाल्पा, असार १४ – पाल्पामा ७७ प्रतिशत बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत भरतमणी खनालका अनुसार ७५ देखि ८० प्रतिशतको हाराहारीमा मत खसेको हो । ८ गाउपालीका र २ नगरपालीकाका २११ मतदानस्थलमै शान्तीपुर्ण रुपमा मतदान सकिएको खनालले जानकारी दिनुभयो । सबै मतदानस्थलबाट आज बेलुकी १२ बजे सम्म वडा कार्यालयका मतपेटिका गाउपालीकामा र नगरपालीका भित्रका वडाका मतपेटिका पाल्पा दरबारमा ल्याईने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुर्बी पाल्पामा रहेका केही मतदानस्थलबाट गाउपालीकाको कार्यालयमा पुग्न पैदल ६ घण्टा बढी समय लाग्ने भन्दै
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिवार बिहान बाट मात्रै मतगणना हुने जनाएको छ । १ लाख ६२ हजार २ सय ५३ मतदाता रहेको पाल्पामा ४ सय २५ जनप्रतिनिधिका लागी १ हजार ३ सय ३ जना प्रतिपर्धामा छन् । निर्वाचन सम्पन गर्न पाल्पामा सुरक्षाकर्मी बाहेक १ हजार २ सय ६६ कर्मचारी खटिएका थिए ।
