कमल चौधरी
बुटवल- यही असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ । बुटवल उपमहानगर पालिकामा आफ्नो पार्टीको जित सुनिश्चित गर्नका लागि वडा तहमा घरदैलो तथा आन्तरिक भेटघाटलाई तिब्र बनाएको बुटवल वडा नं.१४ का वडा सदस्यका उम्मेदवार भिम बहादुर रानाले जनकारी दिए ।
राष्ट्रिय जनमुक्ति पार्टीले बुटवल उपमहानगर पालिकाको मेयरमा क्या जनक थापा र उपमेयरमा धनी आले मगरलाई उम्मेदवारको दार्ता गराएको छ । उमेदवारीको दार्ता गराए संगै राष्ट्रिय जनमुक्ति पार्टी अहिले चुनावी घरदैलो तथा प्रचार–प्रसार अभियानलाई अझ तिब्र रुपमा अगाडी बनाएको छ । घरदैलोको क्रममा राष्ट्रिय जनमुक्ति पार्टीले सोमबार बुटवलको वडा नं. १४ मोतीनगर, मोतिगंज, कृष्णगंज, भलधोत्री, बेलभरीया र पदमपुरमा मेयर, उपमेयर तथा वडा अध्यक्ष, सदस्यका उम्मेदवार सहितको सयौंको संख्यमा घरदैलोमा व्यास्त रहेको छ । घरदैलोको क्रममा मेयर पदका उम्मेदवार क्या. जनक थापामगरले स्थानिय जनताको समास्यहरुलाई बुझेर अगाडी बढ्ने बताए ।
क्या थापामगरले स्थानीय समस्या समाधन गर्दै ऐतिहासिक तथा भौतिक संरचनाको विकास तथा निर्माणमा आफ्नो पहिलो प्राथमिकता रहने जनकारी गराए । साथै उहाँले चुनावको बेलामा मतदाताहरुलाई विभिन्न किसिमको प्रलोभनमा देखाउँने हुँदा स्थानिय तहको विकास र जनताको अधिकार स्थापित गर्नको लागि राष्ट्रिय जनमुक्ति पार्टीको “घर” चिह्नमा मतदाताहरुलाई मतदान गर्नको लागि अपिल समेत गरे ।
त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीकै तर्फबाट उपमेयरको उम्मेदवारी दिएका धनी आले मगरले हामी अश्वासन दिदैनौं काम गरेर देखाउने बताइन । आले मगरले जनताको सुःख, दुःखको एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी रहेको भन्दै बुटवल उपमहानगर पालिकालाई एउटा नमुन शहरको रुपमा विकास गर्नको लागि राष्ट्रिय जनमुक्ति पार्टीलाई विजयी गराउँनुपार्ने भन्दै मतदाताहरु संग भोट मागीन ।
बुटवल ऐतिहासिक, धार्मिक तथा भौगोलिक रुपमा सम्पन्नशिल रहेको भन्दै आले मगरले यस नगरलाई बहुँआयामिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । पर्यटन व्यवसायलाई बहुआयमिक ढंगले विकास र विस्तार गर्नको लागि योजनाबद्ध ढगंले अगाडी बढ्ने उहाँको प्रतिबद्धाता समेत गरीन ।
त्यस्तै घरदैलोकै क्रममा वडा नं १४ का वडा अध्यक्ष हेमन्त बुढथोकी मगरले भ्रष्टाचारको अन्त्यको लागि राष्ट्रिय जनमुक्ति पार्टीलाई स्थानिय चुनावमा विजयी गराउँनुपर्ने बताए । बुढथोकीले जनताहरुले बैकल्पीक शंक्तिको खोजी गरिरहेका छन्, भन्दै अब राष्ट्रिय जनमुक्ति पार्टीलाई कुनै पनि पार्टी वा तागतले रोक्न नसक्ने प्रतिक्रिया दिदै आम जनताले राष्ट्रिय जनमुक्तिको विचार र सिद्धान्ताबाट प्रभावित भएको हुँदा जित सुनिश्चित रहेको बताए । वडामा आफ्नो छुट्टै पहिचान बनाउन सफल विगत लामो समय देखि समाज सेवामा क्रियाशिल युवा नेता हेमन्तले पछिल्लो समयमा राष्ट्रिय जन्मुक्ति पार्टीमा आउँनेको लहर चालेको जानकारी दिए ।
उहाँले वडा लाई सुकुम्बासी समस्यको समाधान, हरियाली, बाताबरण मैत्री, प्रदुषण मुक्त, पार्किङ् ब्यबस्थापन, मनोरञ्जन स्थल र खेलकुद मैदानको निर्माण लगायतका कामलाई उच्च प्राथमिकताका साथ अगाडी बढाईने प्रतिबद्धता जनाए ।
त्यस्तै वडामा भएका कच्ची सडकलाई पक्की बनाउने, सबै ग्रामिण भेगमा पनि विकासको गति बढाउने, बिद्युतको समस्याको दिर्घकालीन समाधानका लागि पनि योजनाबद्ध तरिकाले काम गर्ने बुढथोकीले उल्लेख गरे ।
