लिड नेपालद्वारा युवा सशक्तिकरण तालिम सुरु

Read Time:2 Minute, 44 Second

रूद्र श्रीसमगर

पोखरा, ३ असार- नेतृत्व तथा विकास (लिड) नेपालको आयोजनामा पोखरामा दुई दिने युवा सशक्तिकरण तालिम सुरु भएको छ ।

जिल्ला समन्वय समिति, कास्कीको सहयोगमा शनिबार देखि सुरु भएको तालिमको उद्घाटन गर्दै सांसद तेज कुमारी पौडेलले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवाहरूको काँधमा रहेको उल्लेख गरिन । ‘आज देशमा लाखौं युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ’, सांसद पौडेलले भने, ‘युवाहरूलाई देशमै काम गर्ने वातावरण बनाउन राजनैतिक नेतृत्वले विशेष जोड दिनु आवश्यक छ ।’

बेरोजगारी समस्याका कारण युवाहरूले कैयौं पीडा भोग्नुपरेको उल्लेख गर्दै सांसद पौडेलले देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने आजको आवश्यकता भएको बताइन । देशमा ठूला परियोजना सुरु गरेर युवाहरूलाई स्वदेशमै केही गर्ने वातावरण बनाउनुपर्ने सांसदको भनाइ थियो ।

तालिमको उद्घाटनका अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का नवनिर्वाचित वडाध्यक्ष राज कुमार गुरुङ, टोल विकास संस्था समन्वय समिति, वडा नं. १० का सचिव किरण प्रसाद भट्टचन, महिला समन्वय समिति, वडा नं. १० की अध्यक्ष निर्मला कार्की भण्डारी, श्रमिक बालबालिका सम्पर्क केन्द्र, वडा नं. १० का अध्यक्ष सूर्य बहादुर बानियाँलगायतले युवा सशक्तिकरणका माध्यमबाट युवाहरूलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिएका थिए ।

लिड नेपालका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रमणि गौतम र स्वागत कार्यक्रम संयोजक कुमार थापाले गरेका थिए ।

आइतबार सम्म सञ्चालन हुने तालिममा ६० जना महिला तथा पुरुष युवा सहभागी छन् । तालिममा पोखरा लेखनाथ महानगरपालिका कार्यालयकी सबिता ढुंगानाले युवा उद्यमशीलता सम्बन्धी तथा विकास गुरुङले युवा उत्प्रेरणा सम्बन्धी सहजीकरण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %