गलकोटलाई नमुना नगर बनाउने प्रमुख शर्माको प्रतिबद्धता

Read Time:2 Minute, 55 Second

रूद्र श्रीसमगर

पोखरा, २ असार

बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैह्रेले गलकोटलाई नमुना नगर बनाउने प्रतिबद्धता जनाएका छन ।

गलकोट समाज पोखराले गलकोट क्षेत्रका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा बधाई दिन शुक्रबार बिहान पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले त्यस्तो प्रतिबद्धता जनाएको हो ।

‘हिजो म कुनै पार्टीको थिएँ, तर, आजको सबैको साझा भएको छु’, नगर प्रमुख शर्माले भने, ‘मेरो कार्यकालमा गलकोटलाई समृद्ध र नमुना नगरका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउँछु ।’ पोखरामा बसोबास गर्ने गलकोटेहरूलाई गलकोटको विकास र समृद्धिका लागि लगानी गर्न आग्रह गर्दै पोखराको पर्यटन विकासबाट गलकोटले धेरै लाभ लिन सक्ने उल्लेख गरे ।

सम्मान गरेकामा गलकोट समाज पोखरालाई धन्यवाद दिँदै नगर प्रमुख शर्माले गलकोटको समृद्धि र विकासका लागि सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड समेत दिएका थिए । गलकोट नगरलाई समृद्ध बनाउन आफूले कुनै कसर बाँकी नराख्ने जनाउँदै शर्माले गलकोटको विकासका लागि निरन्तर खबरदारी गर्न देश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गलकोटेहरूलाई आग्रह गरे ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा, उपप्रमुख रेनुका काउचामगर, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुनमगर, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर, उपाध्यक्ष दिलकुमारी रोकामगर, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्मा पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, तमानखोला गाउँपालिकाका अध्यक्ष
जोकलाल बुढामगर, उपाध्यक्ष मानसरी शेरचन र बडीगाड गाउँपालिकाका उपाध्यक्ष अमर बहादुर श्रीसमगरलाई खादा र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

गलकोट समाज पोखराका अध्यक्ष मीन बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्र बहादुर श्रीस र उपाध्यक्ष खडक बहादुर थापाले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %