संविधान सभाको समयावधि थप्न नेताहरू सहमत

Read Time:1 Minute, 53 Second

काठमाडौँ, २ वैशाख
विवाद समाधान उपसमितिको म्याद थप्न प्रमुखदलका शीर्ष नेताहरू सहमत भएका छन् । सभामुख सुवास नेम्बाङको अग्रसरतामा सिंहदरबारमा आज बिहान बसेको उपसमितिका सदस्यहरूसहितको बैठकमा म्याद थप्न नेताहरु सहमत भएका हुन् ।

उपसमितिको म्याद थप्न संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गर्ने ती नेताहरूले बताए ।  उपसमितिको म्याद कति थप्ने भन्ने विषयमा संवैधानिक समितिमा छलफल गरी टुङ्गो लगाइनेछ । उपसमितिको पछिल्लो १५ दिनको समयावधि हिजो सकिएको छ ।

नेताको व्यवस्तताको उपसमितिको बैठक दलहरुका शिर्ष नेताहरुको कारण पछिल्लो समयमा बस्न सकेको थिएन । उपसमितिको संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । उपसमितिमा राज्य पुनसंरचना सम्बन्धी बाहेक संविधान निर्माणका ३० वटा विवाद समाधान हुन बाँकी छ ।

बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसमितिका सदस्य कल्पना रानाले उपसमितिको म्याद थप्ने वा नथप्ने भन्ने विषय आगामी आइतबार बस्ने सर्वदलीय बैठक र संवैधानिक समितिको बैठकले निर्णय गर्ने जानकारी दिइन ।
उनले प्रधानमन्त्री, सभामुखसहित शीर्ष तीन दलका नेताहरू सम्मिलित आजको बैठकमा उपसमितिको समयावधि बढाइनुपर्छ भन्नेमा सहमत भएकोसमेत जानकारी दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %