बागलुङ समाज सहकारीका शेयर सदस्यलाई क्षमता अभिवृद्धि तालिम

Read Time:1 Minute, 11 Second

रूद्र श्रीसमगर

पोखरा, जेठ २७ – पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८, नागढुंगास्थित बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई एक दिने सहकारी सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएको छ ।

शनिबार आयोजित तालिममा सहभागी ७० जना शेयर सदस्यलाई जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष सुदीप ढकालले सहकारीसम्बन्धी सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक उपाध्यक्ष भानुभक्त शर्मा कँडेलले सहकारीसम्बन्धी क्षमता अभिवृद्धिका लागि तालिम अपरिहार्य रहेको बताउनुभएको थियो ।

सहकारीकी अध्यक्ष शान्ता गिरीको अध्यक्षतामा भएको तालिमको सञ्चालन सचिव कमलपति पौडेल तथा उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक कमला गिरीले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %