सल्लाहकार गुरुङ दम्पतिलाई मिलन फाउण्डेशनको स्वागत

Read Time:1 Minute, 55 Second

रूद्र श्रीसमगर

Image may contain: 9 people, people smiling, people standing and outdoor

पोखरा, जेठ २७  – मिलन फाउण्डेशन नेपालका सल्लाहकार एवं कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङ दम्पतिलाई शुक्रबार स्वागत तथा सम्मान गरिएको छ ।

केही साताका लागि हङकङ भ्रमण गरी नेपाल फर्किनुभएका गुरुङ दम्पतिलाई फाउण्डेशनले शुक्रबार उहाँकै निवासमा स्वागत गरेको हो । गुरुङ दम्पतिलाई फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले खादा लगाएर स्वागत गर्नुभएको थियो ।
 
यसैबीच, फाउण्डेशनको शुक्रबार नै सम्पन्न बैठकले जर्मनीको म्युनिखमा ‘इन्स्ट्रक्टर अफ द इयर’ अवार्डबाट विभूषित सचिव मदन गुरुङलाई बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, पाल्पाको रम्भा गाउँपालिका वडा नं. २, फोक्सिङकोट, सुरुमडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा स्थापित मिलन पुस्तकालयमा पुस्तक हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । पुस्तक हस्तान्तरणका लागि फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ र सञ्चालक समिति सदस्य गोविन्द मल्लले सहयोग गर्नुहुने भएको छ ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४, काजीपोखरीस्थित सल्लाहकार क्या. हितकाजी गुरुङको निवासमा भएको बैठक कार्यवाहक अध्यक्ष देवी गुरुङको अध्यक्षता तथा सचिव मदन गुरुङको सञ्चालनमा सम्पन्न भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %