नमुना मगर समाजको प्रथम वार्षिकोत्सव तथा पारिवारिक वनभोज

Read Time:1 Minute, 22 Second

रूद्र श्रीसमगर

पोखरा,  जेठ २० – पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४, चाउथेस्थित नमुना मगर समाजको प्रथम वार्षिकोत्सव तथा पारिवारिक वनभोज सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगरले जहाँ बसेपनि मगरहरूले संघसंस्था खोलेर संगठित हुनु सकारात्मक भएको बताउनुभयो ।
 
कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय सचिव मनोज घर्तीमगर, नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगर, दलबहादुर थापामगरलगायतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

नमुना मगर समाजका अध्यक्ष ओमबहादुर श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव थापामगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %