धादिङ्गका मगर प्रतिनिधीहरुलाई बिशेष सम्मान तथा मगर भाषा र लिपी कक्षा प्रशिक्षक प्रशिक्षण उद्घाटन

Read Time:4 Minute, 26 Second

संजय सिंजाली मगर

Image may contain: 12 people, people standing and indoor

धादिङ्ग । नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङ्गको आयोजनामा स्थानीय चुनाव जित्न सफल मगर प्रतिनिधीहरुलाई बिशेष सम्मान तथा  मगर भाषा र लिपी कक्षा प्रशिक्षक प्रशिक्षण उद्घाटन गरिएको छ ।

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जि.बि.सी धादिङ्ग र निलकन्थ नगरपालीकाको सहयोगमा सञ्चालन यस मगर भाषा प्रशिक्षण कार्यक्रम सात दिन सम्म चल्ने छ ।
कार्यक्रम लाई संचालन मगर संघ धादिङ्गका सचिव भोज बहादुर थापा मगरले गर्नु भयो भने स्वागत मन्तव्य लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष साबित्री थापा मगरले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सभापतिको आसन ग्रहण नेपाल मगर संघ धादिङ्गका अध्यक्ष सुरेन्द्र थापा मगर, प्रमुख अतिथि नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, बिशेष अतिथिमा नेपाल मगर संघका केन्द्रीय सदस्य एक बहादुर थापा मगर रहनु भएको हो ।

त्यस्तै अतिथिहरुमा नेपाल मगर संघका पूर्व सदस्य एवं सल्लाहकार हरि पाटा मगर, पूर्व जनजातिय संघका अध्यक्ष एवं सल्लाहाकार हरि शंकर गिदेल मगर, नेपाल मगर संघ धादिङ्गका सल्लाहकार भिम बहादुर दर्लामी मगर, नेपाल मगर बिध्यार्थी संघका सदस्य सुमित्रा राना मगर, लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुल बहादुर थापा मगर, धादिङ्ग काठमाण्डौं समन्वय संम्पर्क समितिका कोषध्यक्ष शोभा आले मगर, नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङ्गका उपाध्यक्ष अमृता रेश्मी मगर, नेपाल मगर सांस्कृति संघका अध्यक्ष खेम जि राना मगर र नेपाल मगर महिला संघका उपाध्यक्ष उषा थापा मगर रहेका थिए ।

नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रम उद्घाटन साथै सफल उम्मेदवार लाई शुभकामना तथा सम्मान गर्नु भएको हो । उहाले भन्नु भयो अब मगर समुदायको लागि के कसरी हुन्छ आफ्नो आफ्नो ठाउ देखि योगदान दिनुपर्ने आव्हान गर्नु भएको हो ।

स्थानीय तहको चुनावमा जित्न सफल व्यक्तिहरुको नाम ।
देबेन्द्र थापा मगर वडा अध्यक्ष थाक्रे गा.पा
सिद्धालेख गा.पा महिला वडा सदस्य सरिता मगर
ज्वालामुखी गा.पा वडा सदस्य चन्द्र बहादुर आले मगर
सिद्धालेख गा.पा महिला वडा सदस्य दुर्गा माया दर्लामी मगर
सिद्धालेख गा.पा वडा सदस्य चित्र बहादुर मगर
ज्वालामुखी गा.पा वडा न. १ बाट सदस्य उत्तर बहादुर आले
ज्वालामुखी गा.पा वडा न. ६ बाट महिला सदस्य जुना राना मगर
निलकन्थ न.पा ७ वडा सदस्य राम आले मगर
निलकन्थ न.पा १० वडा सदस्य हरि राम राना मगर ,
निलकन्थ न.पा २ वडा सदस्य ज्ञान बहादुर राना मगर
नेत्रावती गा.पा वडा न. १ बाट अध्यक्ष चन्द्र बहादुर पल्ली मगर
गल्छी गा.पा वडा न. २ बाट महिला सदस्य देव कुमारी लामिछाने मगर
गल्छी गा.पा महिला वडा सदस्य कमला राना मगर
गल्छी गा.पा वडा न. १ बाट महिला सदस्य सिता पुलामी मगर
गल्छी गा.पा वडा न. १ बाट सदस्य सुदिप मगर

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %