चेली कृषि सहकारी संस्था देवदहको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Read Time:2 Minute, 57 Second

गोविन्द घर्ती

No automatic alt text available.

जेठ १३ । रुपन्देहीको देवदहमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चेली कृषि सहकारी संस्था देवदहको आयोजनामा क्यान्सर सम्वन्धी एक दिने महिलाको पाठेघर सम्वन्धी स्वास्थ्य शिविर सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका महिलाहरुको पाठेघरको क्यान्सर सम्वन्धी सचेतना जगाउने उद्देश्यले सहकारीले स्वास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा भरतपुर क्यान्सर अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषयज्ञ डा. प्रविन पंगेनीले महिलाहरुको स्वास्थ्य चेक जाच गर्नु भएको थियो ।

सहकारी संस्थाका अध्यक्ष सावित्रा वस्यालको अध्यक्षता र जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमतुलाचनको प्रमुख आतिथ्यतामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष तुलाचनले सहकारीले सामाजिक दायित्व अन्र्तगत महिलाहरुको स्वास्थ्य चेकजाच कार्यक्रम राखेको प्रति प्रशंसा गर्नु भएको थियो । उहाले सहकारीले आर्थिक कारोवार मात्र नभई सामाजिक परिवर्तन र सचेतना कार्यक्रमलाई जोड दिनु पर्ने बताउनु भयो ।

सोही अवसरमा बोल्दै भरतपुर क्यान्सर अस्पतालका स्त्री तथा क्यान्सर विशेषयज्ञ डा. पंगेनीले क्यान्सर रोगको शुरुवातमा कुनै लक्षण नेदेखिने भएकोले महिलाहरुले बेला बेलामा स्वास्थ्य चेकजाच गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य प्रकाश अर्याल, देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटा, सहकारीका सल्लाहकार विद्यालक्ष्मी गुरुङ्ग, रामबहादुर गुरुङ्ग, रुका सापकोटा, देवदह अपाङ्ग सेवा समाजका वालकुमार श्रेष्ठ, रमेश पोखरेल, शिला मल्ल, देवु भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । स्वास्थ्य शिविरमा देवदह क्षेत्रका करिव ३ सय महिलाहरुले स्वास्थ्य चेकजाच गराएको सहकारीले जनाएको छ । सरस्वती अर्यालको स्वागत र व्यवस्थापक फुलमाया श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %