सेवाग्राहीको गुनासो तातो घाममा लाईन लाग्न बाध्य छौं

Read Time:2 Minute, 36 Second

सनु थापा मगर

Image may contain: 7 people, people sitting

 

बुटवल । बुटवलमा रहेको ईलाका प्रशासन कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले घण्टौसम्म सिधा तातो घाममा बसेर कामका लागि पर्खनु पर्ने गुनासो पोखेका छन् । भ्रष्टाचारको विरुद्ध काम गर्ने ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालसंग आबद्ध पारदर्शी सरोकार समूह बुटवलले सोमबार आयोजना गरेको गुनासो सुन्ने कार्यक्रममा सेवाग्राहीहरुले उक्त गुनासो राखेका हुन् ।

उनीहरुले  प्रचण्ड गर्मीमा घाममा लाईन लागेर काम लिनु पर्दा बुढा,पाका तथा बालबच्चा लिएर आउनेहरुलाई झनै गाह्रो हुने गुनासो राखेका थिए । पार्कीङ,खानेपानीको समस्या,काममा ढिला सुस्ति गर्ने,नमिलेका कागजपत्र एकैपटक नभनिदिने,विचौलीयाहरुको तनाव जस्ता समस्याहरु रहेकाले समस्यालाई सम्बन्धित निकायले छिटो समाधान गर्न पहल गर्नुपर्ने कुरा राखेका थिए । गुनासो संकलन पछि छलफल कार्यक्रममा सेवा लिन आएकाहरुले राखेका गुनासाहरु माथी स्पष्टिकरण दिदैं ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जनताका गुनासाहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कार्यालयको नयाँ
भवन बन्दै गरेकाले लाईनका लागि अस्थायी सेड निर्माण गर्न नसकेको जानकारी दिए । उनले कर्मचारीहरुलाई जनताको काममा ढिलासुस्ति नगर्न पनि निर्देशन दिएका छन् ।

पारदर्शी सरोकार समूहका अध्यक्ष महेन्द्रनारायण श्रोष्ठको अध्यक्षतामा भएको गुनासो छलफल कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य द्वय लालहरी पाण्डे र शंकर कोईराला लगायतले बोल्दै जनताको कर र पसिनालाई सम्मान गर्दै जनताको काममा ढिलासुस्ति नगर्न आग्रह गरेका थिए ।

संस्थाका कोषाध्यक्ष दीपक ढकालको स्वागत तथा सनु थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %