रुपन्देहीको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रम सार्वजनिकरण तथा विमोचन

Read Time:4 Minute, 14 Second

गोविन्द घर्ती

Image may contain: 9 people

जेठ ३ । रुपन्देहीको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रम सार्वजनिकरण तथा विमोचन गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय रुपन्देहीका निवर्तनमा जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले एक कार्यक्रमका वीच उक्त बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रम सार्वजनिकरण तथा विमोचान गर्नु भएको हो । देवदह नगरपालिकाले गत नगरपरिषदबाट स्थानीय पाठयक्रम लागुगर्ने निर्णय गरेको थियो । बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रम यस बर्ष देखि देवदह क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा लागुगर्ने निर्णय गरेको देवदह नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले बताउनु भयो । भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको जानकारी विद्यालय स्तरबाट नै गर्दे जाने उद्देश्यले बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रम तयार गरिएको पाठयक्रम निर्माण समितिका संयोजक सिद्धिचरण भट्टराईले बताउनु भयो ।

सो अवसरमा बोल्दै निवर्तमान जिल्ला शिक्षा अधिकारी थापाले बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रमले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग गर्ने बताउनु भयो । बौद्ध शिक्षा पाठयक्रमले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा देवदह क्षेत्रको परिचय गराउन महत्वपूर्ण योगदान गर्ने भन्दै पाठयक्रम कार्यान्वयनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उहाले बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठयक्रमले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलको विद्यार्थीहरुलाई जानकारी हुने र विद्यार्थीहरुबाट सो को अध्ययन गर्ने भएकोले पनि यो महत्वपूर्ण रहेको बताउनु भयो ।

देवदह नगरपालिकाका कार्यकारी अधिकृत श्रीकष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टिकाराम अर्याल, लुम्विनी बौद्ध विश्व विद्यालयका तिलक आर्चाय, देवदह नगर विकासका डिल्लीराज मरासिनी, पाठयक्रम निर्माण समितिका संयोजक सिद्धिचरण भट्टराई, नेपाली काग्रेसका वासुदेव रिमाल, राप्रपाका माधव रिमाल, भविष्य निर्माण माविका अध्यक्ष दलबहादुर विरकट्टा, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय जनमोर्चाका हरि केसी, जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, देवदह आदर्श बहुमुखी क्याम्पसका मित्रलाल न्यौपाने, केरवानी माविका दुर्गादत्त आर्चाय, हिसानका मधुप्रकाश ज्ञवाली, एन प्याव्सनका कृष्णप्रसाद पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा पाठयक्रम विद् वावुराम भण्डारीले बौद्ध शिक्षा पाठयक्रमको वारेमा प्रकाश पार्नु भएको थियो । देवदह नगरपालिकाका शाखा अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %