गोविन्द घर्ती

जेठ २ । रुपन्देहीको देवदह–१० भलुहीमा विद्युत भई आगलागी हुदा एक घर जलेर पूर्णतया नष्ट भएको छ ।
स्थानीय पार्वती गुरुङ्गको घरमा आगलागी हुँदा नगद असीहजार नगद सहित तीन लाख पचासहजार बराबरको क्षति भएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक सुरज कार्कीले बताउनु भएको छ । मजदुरी गरी जिविकोपार्जन गर्दै आएका सुकदेव नेपाली/पूर्ण कुमारी नेपाली दम्पति भाडामा बस्दै आएको र घडेरी किन्नको लागि बैनाको रकम असीहजार रकम लत्ताकपडा टिभी भाँडाकुडा सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो ।
नेपाल रेडक्रस सोसाइटी देवदह शाखा र देवदह जेसिजले छुट्टा छुट्टै कार्यक्रम गरि राहत वितरण गरेका छन । नेपाल रेडक्रस सोसाइटी देवदह शाखाका उपसभापति कृष्ण न्यापानेले चामल लत्ताकपडा, भाँडाकुडा सामानहरु र नगद एघार सय अग्निपिडित पूर्णकुमारी नेपाली हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी देवदह जेसिजले समेत अग्नी पिडितलाई राहत प्रदान गरेको छ । अध्यक्ष बालकृष्ण रिमालको अध्यक्षतामा भएको रातह वितरण कार्यक्रममा देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ्गले संस्थाको तर्फबाट नगद सत्रहजार चारसय पचास हस्तान्तरण गर्नु भएको थियो ।

सोही अवसरमा गुरुङ्गले आफ्नो तर्फबाट तीन बोरा चामल दिने घोषणा गर्नुभएको थियो । राहत वितरण कार्यक्रममा नेपाल भारत मैत्री संघका उपाध्यक्ष बासुदेव रिमाल, जनप्रिय मावि.भलुहीका अध्यक्ष केशव पराजुली, समाजसेवी अमर लामिछाने, केशव भट्टराई, जेसिजका पदाधिकारीहरु लगायतको उपस्थितीमा राहत वितरण कार्य सम्पन्न भएको हो ।
राहत वितरण कार्यक्रमको संचालन आनन्द पराजुलीले गर्नुभएको थियो । सोही अवसरमा अग्नी पिडितका छोरा छोरीलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री निशुल्क उपलब्ध गराउने जनप्रिय माविका अध्यक्ष केशव पराजुलीले घोषणा गर्नु भएको थियो ।
