बालुवाले पुरिएर कास्कीमा चारजनाको ज्यान गयो

Read Time:1 Minute, 25 Second

कास्की (लेखनाथ), १ वैशाख

कास्कीको लेखनाथ नगरपालिका–१३ मजुवामा बालुवाको ढिस्कोले पुरिएर आज दिउँसो आमाछोरीसहित चारजनाको मृत्यु भएको छ ।

सेतीको किनारमा बालुवा निकालेर ट्र्याक्टरमा लोड गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढिस्कोले उनीहरूलाई पुरेको थियो ।

मृत्यु हुनेमा तनहूँ कोटदरबार ६, रिसिङ्ग बस्ने ४० वर्षीया श्रीमाया आले र उनकी आठ वर्षीया छोरी बिनिसरा आले, धनकुटा राजारानी–५ की नौ वर्षीया अम्बिका राई र ट्र्याक्टरका सहचालकसमेत रहेका कास्की भाचोक–४ का २२ वर्षीय सुमित परियार छन् ।

उनीहरू चारैजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएका उनीहरूको डाँडाकोनाक प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा भ्याकुमको मद्दतबाट शव बाहिर निकालिएको थियो ।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा ल्याइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %