गोबिन्द घर्ती
बैषाख २९ । रुपन्देहीको देवदह क्षेत्रमा हुने गरेको अघोषित लोडसेडिङ्गका कारण आमनागरिकले सास्ती भोग्न वाध्य भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ्ग मुक्त भएको घोषणा गरेपनि देवदह क्षेत्रमा भने दैनिक ३ घण्टा भन्दा बढि लोडसेडिङ्ग हुदै आएको छ । विद्युत आपुर्ति नियमित नभएको भन्दै खैरेनी फ्युज सेवा देवदहमा विभिन्न समुहहरुले नियमित रुपमा विद्युत आपुर्ति हुनु पर्ने भन्दै डेलीगेसन गएका छन । विद्युत ट्रिपिङ्ग र लोडसेडिङ्ग मुक्त गर्न देवदह क्षेत्रका स्थानीयवासीहरु विद्युत कार्यालय शितलनगरमा डेलिगेसन गएका हुन । स्थानीय व्यापारी, बुद्धिजीविहरु देवदह क्षेत्रमा विद्युत समस्या समाधानको लागि विद्युत कार्यालयमा डेलिगेसन गएका हुन । विद्युत ट्रिपिङ्गका कारण फ्रिज, टिभी, पंखा लगायतका सामाग्रीहरु विग्रेको स्थानीयवासीको भनाई रहेको छ ।
उता नेपाल विद्युत प्राधिकरण खैरेनी फ्युज सेवा देवदहका प्रमुख ज्ञानप्रसाद खनालले भने देवदहमा रहेको ट्रान्सफरमले लोड धान्न नसक्दा देवदह क्षेत्रमा वाध्य भएर लोडसेडिङ्ग गर्नु परेको बताउनु हुन्छ । जव सम्म शितललगर फ्युज सेवामा रहेको ट्रार्सफरम फेरिदै तव सम्म विद्युत आपुर्तिको समस्या समाधान नहुने खनालको भनाई रहेको छ । खनालका अनुसार दुई महिना अगाडि चिनबाट ट्रान्सफरम ल्याउने सहमति भएपनि नेपालमा स्थानीय तहको निर्वाचन शुरु भएकोले निर्वाचन आचार सहिताको कारण ट्रान्सफरम ल्याउन नसकिएको बताउनु हुन्छ । अहिले भएको ट्रान्सफरमले लोड धान्न नसकेको कारण देवदह क्षेत्रमा ट्रिपिङ्गको समस्या आएको खनालको भनाई रहेको छ ।
अहिले खैरेनी र भलुही क्षेत्र गरी दुईवटा फिडर भएपनि लोड धान्न नसक्दा साझको समयमा लोडसेडिङ्ग गर्नु परेको खनालले बताउनु भयो । अव त्यसलाई पनि तिनवटा फिडर निर्माण गरी ट्रिपिङ्ग समस्यालाई समाधान गर्न विद्युत कार्यालयले पहल गरीरहेको खनालको भनाई रहेको छ । अहिले भएको ट्रान्सफरमले १५३ एमपिएर सम्म मात्र लोड धान्न सक्ने भएकोले त्यो भन्दा बढि लोडहुदा स्वतः ट्रिपिङ्ग हुने खनालको भनाई रहेको छ । देवदह क्षेत्रमा दिन प्रतिदिन जनसंख्याको चापका कारण बढि लोड धान्ने ट्रान्सफरम आवश्यक रहेको खनालको भनाई रहेको छ ।
नेपाल विद्युत प्राधिकरणले नेपालमा लोडसेडिङ्ग मुक्त भनीरहदा देवदह क्षेत्रमा भने लोडसेडिङ्ग मात्र नभई विद्युत ट्रिपिङ्गका कारण स्थानीयवासी भने अन्धकारमा वस्न वाध्य भएका छन् । विद्युत मर्मतको नाममा विना सुचना लामो समय सम्म विद्युत आपुर्ति नगर्दा विद्युतमा आधारित व्यवसायहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । विना सूनचना लामो समय सम्म विद्युत आपुर्ति वन्द गर्दा उपभोक्तालाई अग्रिम जनाकारी गराउनु पर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।
