दाङ, १ वैशाख
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अहिलेकै अवस्थामा जेठ १४ गते संविधान जारी हुन नसक्ने बताएका छन् ।
नेकपा (एमाले) घोराही नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कुनै नयाँ चमत्कार भएमा मात्र समयसीमाभित्रै संविधान बन्ने बताए ।
समयमा संविधान नबन्ने स्थिति आउनुमा एमालेको कुनै दोष नरहेको दाबी गर्दै उनले एमाओवादीको उग्रवामपन्थी सोच र नेपाली काँग्रेसको यथास्थितिवादी चिन्तन नै यसको मुख्य बाधक रहेको बताए ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुयाउने हो भने माओवादीका लडाकुको समायोजन र पुनस्र्थापन, द्वन्द्वपीडितलाई राहत र न्याय दिने कार्य तत्काल गर्नुपर्ने धारणा राख्दै उनले नेपाली सेनाको लोकतान्त्रीकरण पनि महत्वपूर्ण विषय भएको बताए ।