बुटवल क्षेत्रका बौद्धमार्गीहरु ले २५६१ औं बुद्धजयन्ती मनाए

Read Time:2 Minute, 54 Second

शोनु थापा

बुटवल, बैशाख २७ – भगवान गौतम बुद्धको जन्म, सम्बोधिलाभ र महापरिनिर्वाण भएको त्रीसंयोग आजको दिन बैशाख शुक्ल पुर्णिमा अर्थात २५६१ औं बुद्धजयन्ती मनाईएको छ ।

बुटवल क्षेत्रमा रहेका बौद्धमार्गीहरु सोमबार गुम्बामा जम्मा भएर बुद्ध पुजा, धर्मदेशना तथा दान गरेर बुद्ध पूर्णीमा मनाएका छन् । सोही अवसरमा नेपाल मगर बौद्ध सेवा समाज बुटवल उपमहानगरपालीका वडा नं ७ को आयोजनामा हिलपार्क परिषद् नजिकै बुद्धवाटिकामा बुद्ध प्रतिमा अनावरण गरिएको छ । समाजका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालीकाका बरिष्ठ अधिकृत भूवाप्रसाद लुईटेलले बोल्दै समृद्ध समाजका लागि बुद्ध व्यवहार र शिललाई सबैले अगाल्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार धनी आले, नेपाल मगर बौद्ध सेवा समिति केन्द्रिय वापा प्रशिक्षण विभाग प्रमुख वापा पूर्ण बहादुर तरामी, दलित वर्गउत्थान जिल्ला समन्वय समिति उपाध्यक्ष रवि विश्वकर्मा, नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष गोपाल चोहानमगर, नेपाल मगर संघका वडा नं ७ का अध्यक्ष गंग बहादुर थापा, संगम टोल विकास समिति अध्यक्ष हरी भूषाल, यम बहादुर थापा, दीपा रोका, टेक बहादुर श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रम नेपाल मगर महिला संघ वडा नं ७ दी पनगर वडा समिति कोषाध्यक्ष बसन्ती साठीघरेको स्वागत तथा सिमा तरामुको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच बुटवल सुख्खानगर स्थित शान्ति ज्योती बुद्ध गुम्बामा पनि पुजा र धर्मदेशना गरीएको छ । गुम्बाका अध्यक्ष लुम बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा मगर संघका वडा सचिव थर्क बहादुर बाह्रघरे, नागरिक वडा मञ्चका अध्यक्ष भुपाल श्रेष्ठ, नरसिंङ काउचा लगायतले बोल्नु भएको थियो । श्रावेण सुरेन्द्रले धर्मदेशना र पाठ गर्नुभएको थियो । कार्यक्रम कुमारी वलालको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %