देव पचभैया

पाल्पा, बैशाख २५ – सार्वजनिक सेवाका लागी लोकसेवा तयारी कक्षा तानसेनमा आईतवार देखि संचालन भएको छ । आदिवासी जनजाति जिल्ला समन्वय समिति पाल्पाको प्रायोजनमा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाले आयोजना गरेको लोकसेवाको तयारी कक्षामा ९० बढीको सहभागी छ । विहान ६ देखि ९ बजे सम्म मिलेनियम उच्च माविमा कक्षा संचालन हुने आयोजकले बताएका छन् ।
आईतवार भएको उद्घाटन कार्यक्रममा वोल्दै प्रशिक्षकहरु जिल्ला स्वास्थ्य कार्यालयका शाखा अधिकृत मिन बहादुर घर्ती मगर र जिल्ला प्राबिधिक कार्यालयका लेखाअधिकृत चुरा बहादुर सर्तुङ्गे मगरले आफुलाई कमजोरी नसोची निरन्तर प्रयास गरे सफलता पाईने बताउनुभयो ।

जनजाति महासंघ पाल्पाका कोषाध्यक्ष बिष्णु कुमारी भुजेल(घर्ती) को अध्यक्षता र उपाध्यक्ष प्रेमसागर शाहीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा वोल्दै तानसेन नगरपालीकाका शाखा अधिकृत मधुसुदन घर्ती, पत्रकार देव पचभैया, मगर संघ तानसेन नगरसमितिका अध्यक्ष धनसिंग थापा, मगर संघ पाल्पाका नगेन्द्र थापा, मगर बिधार्थी संघ पाल्पाका अध्यक्ष रुपा थापा लगाएतले तालिमको सफताको कामना गरेका थिए । मगर बिधार्थी संघका सचिब अमित रास्कोटीको संचालनमा भएको कार्यक्रममा महासंघ पाल्पाका सदस्य खड्क बहादुर गुरुङ्गले पाहुनाहरुको स्वागत गर्नुभएको थियो ।
