वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम देवदहमा सम्पन्न

Read Time:2 Minute, 37 Second

गोविन्द घर्ती


Image may contain: 5 people

बैसाख २१ । रुपन्देहीको देवदहमा एक दिने वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शितलनगर ईलाका वन कार्यालयको आयोजना र बुद्ध सामुदायिक वन उपभोक्ता समुहको समन्वयमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक मञ्च, उपभोक्ताहरुलाई वन डढेलो रोकथाम र नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता र सेक्टर वन कार्यालय शितलनगरका सहायक वन अधिकृत सतेन्द्रनारायण सिंहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले वनमा लाग्ने डढेलो रोमथाम र नियन्त्रण गर्न सम्पूर्ण उपभोक्ता, नागरिक समाज, सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए । विगत केही दिन देखि देवदहको चुरे क्षेत्रमा वन डढेलो लागेको स्मरण गर्दै वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणको लागि गाउ/गाउमा सचेतना कार्यक्रम जगाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा शितलनगर ईलाका वन कार्यालयका सहयाक वन अधिकृत कृष्ण ज्ञवालीले सहजीकरण गर्दै वनमा लागेको वन डढेलोलाई कसरी नियन्त्रण गर्ने, डढेलो लाग्न नदिन कस्तो उपाय अपनाउने विषयमा प्रष्ट पार्नु भएको थियो । उहाले विगतका बर्षमा भन्दा यस बर्ष देवदह क्षेत्रमा वन डढेलो बढेको बताउदै डढेलो लाग्ने क्षेत्रलाई विशेष निगरानी गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा वडा नागरिक मञ्चका संयोजक श्याम अर्याल, पत्रकार त्रिलोचन दहाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा सुरक्षाकर्मी, नागरिक मञ्चका प्रतिनिधि, सञ्चारकर्मी, उपभोक्ता, वन हेरालु लगायतको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %