माओवादी केन्द्र पोखरा—१ ले घरदैलो अभियान सुरु गर्यो

Read Time:1 Minute, 31 Second

रूद्र श्रीसमगर


पोखरा, वैशाख २१ – नेकपा (माओवादी केन्द्र) पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियान सुरु गरेको छ ।

‘गाउँ–नगर घर घर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रलाई विजयी गराउनका लागि चुनावी अभियान सुरु गरेको हो । वडा नं. १ को कसेरीबाट चुनावी अभियान सुरु गरेको छ । वडा नं. १ मा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा डिल्लीराम अधिकारी, खुल्ला सदस्यमा मदन भण्डारी, काजीमान लामा, महिला सदस्यमा शारदा सुवेदी, दलित महिला सदस्यमा स्यानीकान्छी सुनारले उम्मेदवारी दिनुभएको छ ।

घरदैलो अभियानमा पार्टीका केन्द्रीय सदस्यद्वय कल्पना पाण्डे र रूद्रबहादुर श्रीस, वडा नं. १ का अध्यक्ष शंकर तिवारी, चुनावी प्रचारप्रसार उपसमितिका संयोजक तिलक कोइरालालगायतले स्थानीय तह माओवादीकै एजेण्डा भएको हुनाले माओवादीलाई विजयी गराउन आग्रह गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %