मिस तमुस्यो निशा र नायिका अश्मी हङकङ प्रस्थान

Read Time:1 Minute, 59 Second

रूद्र श्रीसमगर















पोखरा, वैशाख २१ – मिस तमुस्यो नेपाल—२०१६ की उपाधि बिजेता निशा तमुस्यो र गुरुङ चलचित्रकी नायिका अश्मी तमुस्यो हङकङ प्रस्थान गरेका छन् ।

गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को यही मे ७ तारिखमा हङकङमा हुने विशेष प्रदर्शनमा सहभागी हुन बिहीबार नेपाल एयरलाइन्सको विमानमार्फत् मिस तमुस्यो निशा र नायिका अश्मी हङकङ प्रस्थान गरेका हुन् । हङकङको याउ मा तेई कम्युनिटी हलमा पहिलोपटक चलचित्र भेडी गोठाले प्रदर्शन हुन लागेको हो ।

 













मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को आयोजनामा हुने प्रदर्शनमा सहभागी हुन हङकङ प्रस्थान गर्नु अघि मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले नेपालबाट शुभयात्रा र कार्यक्रम सफलताको कामनासहित बिदाइ गरेको छ ।

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक देउकी सिंजाली ‘दिपिका मिलन’ले मिस तमुस्यो नेपाल निशा तमुस्यो र भेडी गोठाले चलचित्रकी नायिका अश्मी तमुस्योलाई बिदाइ गर्दै शुभयात्रा र कार्यक्रम सफलताको शुभकामना दिनुभयो । तमु जातिको भाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषा संरक्षणमा दूतको भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रबन्ध निर्देशक सिंजालीले कलाकारहरूको प्रोत्साहनका लागि कम्पनीले विशेष ध्यान दिएको बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %