आँखा फुटाउनेलाई कारबाही गर्न प्रहरीले आनाकानी गरेको थापाका आफन्तको आरोप

Read Time:1 Minute, 36 Second

रूद्र श्रीसमगर


Image may contain: 1 person, sitting and indoor

पोखरा, वैशाख १९ – पोखराको हेम्जास्थित होटल इन एण्ड आउटमा कार्यरत २८ वर्षीय पदमबहादुर थापालाई होटलका सञ्चालकले गुण्डा लगाएर कुटपिट गराएको भन्दै दोषी होटल सञ्चालकमाथि कारबाही गर्न थापाका आफन्तले प्रशासनसमक्ष आग्रह गरेका छन् ।

सो होटलमा काम गर्दै आएका थापालाई गत चैत्र ३० गते गुण्डा लगाइ होटल सञ्चालक ज्ञानु थापाले विनाकारण कुटपिट गराएको पदमबहादुरका आफन्तको आरोप छ । पारिवारिक स्रोतका अनुसार कुटपिटबाट पदमबहादुरको देब्रे आँखा फुटेको छ । उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । फुटेको आँखा चिकित्सकले शल्यक्रिया गरी निकालिदिएका छन् ।

होटल सञ्चालक थापाविरुद्ध पदमबहादुरका परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा किटानी जाहेरी दिएको बताएका छन् । तनहुँको भिमाद–१ का बासिन्दा पदमबहादुरलाई न्याय दिलाउन प्रहरी प्रशासनले आनाकानी गरेको उनका परिवारको आरोप छ । किटानी जाहेरी दिएको लामो समय भएपनि दोषी होटल सञ्चालक थापालाई पक्राउ गर्न कुनै चासो नदिएको उनीहरूको भनाइ छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %