रूद्र श्रीसमगर
पोखरा, वैशाख १८ – नेकपा (माओवादी केन्द्र) कास्कीले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार बिहानसम्ममा सबै उम्मेदवारहरूको टुंगो लगाउने भएको छ ।
प्रमुख सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले पोखरा लेखनाथ महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएपनि माओवादी केन्द्रले पनि मंगलबार बिहान मात्रै टुंगो लगाउने भएको हो । महानगर प्रमुखको उम्मेदवारका लागि माओवादी केन्द्रमा चार आकांक्षी देखिएका छन् ।
पार्टीका पोलिटब्यूरो सदस्यहरू बालासिंह काउछा, बखानसिंह गुरुङ ‘आभास’, शिवजी लामिछाने, गंगा पोखरेल र नेता विश्वप्रकाश लामिछाने महानगर प्रमुखका आकांक्षी हुनुहुन्छ । त्यस्तै, उपप्रमुखका लागि चार आकांक्षी देखिएका छन् । जसमा गायत्री गुरुङ ‘कुसुम’, एलिसा आले ‘सासा’, गोमा ढकाल र कृष्णा घिमिरेको चर्चा छ । मंगलबारै हुने मनोनयन दर्ताका लागि बिहानै उम्मेदवारहरूको टुंगो लाग्ने माओवादी केन्द्रले बताएको छ ।
