नेपाल राष्ट्रिय शिक्षक संगठनको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

Read Time:3 Minute, 29 Second

गोविन्द घर्ती


Image may contain: 14 people, people sitting

बैषााख १८ । प्रधानन्यायधिश कार्की माथि महाअभियोग लगाएर देशलाई अस्थिरता तर्फ लान खोजेको नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवप्रसाद सुवेदीले आरोप लगाउनु भएको छ ।

उहाले प्रधानन्याधिश माथि महाअभियोग दर्ता गरेर न्याय क्षेत्रमा ठाडो हस्तक्षेप गरेको बताउनु भयो । अध्यक्ष सुवेदीले संविधान कार्यान्वयनको लागि ३ तहको निर्वाचन आवश्यक रहेकोमा जोड दिनु भयो । नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह नगर समितिद्धारा आयोजित भित्तेपात्रो विमोचन तथा नया बर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष सुवेदीले संविधान जारी गर्न नेकपा एमालेले महत्वपूर्ण भूमिका खेलेको बताउदै स्थानीय तहको निर्वाचन पछि नेकपा एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गर्नु भयो । उहाले देशको समृद्धि विकासको लागि नेकपा एमालेलाई जिताउनु पर्ने बताउदै हुदै सोही अनुसारको निर्वाचन घोषणापत्र तयार गरेको बताउनु भयो । उहाले समृद्धि राष्ट्र निर्माण र देशलाई द्धन्द्धबाट बचाउन नेकपा एमालेलाई जिताउनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष सुवेदीले अहिलेको शिक्षा नीतिले गुणस्तर शिक्षा प्रदान गर्न नसक्ने भएकोले शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह नगर समितिका अध्यक्ष खेमानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका प्रदेश सदस्य मित्रलाल न्यौपाने, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, संगठनका जिल्ला अध्यक्ष ऋषिश्वर अर्याल, नेपाल शिक्षक यूनियनका छवि पाण्डे, पव्लिक प्राध्यापक संघका बरिष्ठ उपाध्यक्ष दुर्गादत्त शर्मा, एन प्याव्सन रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेल, संगठनका सल्लाहकार विष्णुप्रसाद पौडेल, देवदह साकोसका ऋषिराम सापकोटा, नेपाल शिक्षक संघका अध्यक्ष निर्मल ढुंगाना, गाउ वन समन्वय सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी, नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, दिनानाथ अर्याल, मिना ज्ञवाली, दिपक चापागाई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । संगठनका उपाध्यक्ष विनोद शर्माको स्वागत र कृष्णप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %