पत्रकार घर्तीमगरमाथि भएको प्रहरी दुव्र्यवहारको मगर पत्रकार संघद्वारा भ्रत्र्सना

Read Time:2 Minute, 9 Second

रूद्र श्रीसमगर

बालक कुन्दन थापाको रहस्यमय मृत्युका बारेमा निष्पक्ष छानविन गर्न माग

पोखरा, वैशाख १३ – नेपाल मगर पत्रकार संघकी केन्द्रीय सचिव रुपनी घर्तीमगरमाथि प्रहरीद्वारा भएको दुव्र्यवहार भएको घटनाप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ ।

पुलिस स्कुलमा हत्या गरिएको भनिएका बालक कुन्दन बारेको भिडियो रिपोर्ट ।-LightNepal 

{youtube}https://youtu.be/J5wxMjuaOww{/youtube}

संघका महासचिव देव पचभैयाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा पत्रकार घर्तीमगर माथि भएको दुव्र्यवहारको भ्रत्र्सना गर्दै दोषी माथि कडा कारबाहीको माग गर्नुभएको छ । काठमाडौंको सामाखुशीस्थित नेपाल प्रहरी स्कुलमा भएको १४ वर्षीय बालक कुन्दन थापाको रहस्यमय मृत्युका विषयमा समाचार संकलन गर्न गएका पत्रकार घर्तीमगर माथि स्कुलका प्रशासन प्रमुख हरिश भट्टको निर्देशनमा प्रहरीले दुव्र्यवहार गरेको भन्दै दोषीउपर कडा कारबाहीको माग गरिएको छ ।

महासचिव पचभैयाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनमा रहेका बेला स्कुलका प्रशासन प्रमुख हरिश भट्टको निर्देशनमा प्रहरीद्वारा भएको दुव्र्यवहार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ साथै, विज्ञप्तिमा बालक कुन्दन थापाको मृत्युका विषयमा प्रहरीद्वारा सार्वजनिक गरिएको प्रतिवेदन बालकका आफन्तले अस्वीकार गरेकाले त्यस विषयमा समेत निष्पक्ष छानविन हुनुपर्ने माग संघले गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %