इसाई धमालम्वीको मागप्रति राजनीतिक दलको ऐक्यबद्धता

Read Time:1 Minute, 54 Second

काठमाडौँ, २९ चैत

शव अन्त्येष्टिका लागि समाधिस्थलको माग गर्दै २१ दिनदेखि रत्नपार्कमा रिले अनसन बसेका नेपाली इसाई धर्माबलम्बीको मागप्रति विभिन्न राजनीतिक दलका नेता र मानवअधिकारवादी नेताले सोमबार ऐक्यबद्धता जनाएका छन ।

सो मागप्रति ऐक्यबद्धता प्रकट गर्दै नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले आफ्नो रीतिरिवाजअनुसारका सम्पूर्ण संस्कार गर्ने स्वतन्त्रता सबै धर्मावलम्बीलाई भएको बताउनुभयो ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आफ्नो देशमा जन्मेका कुनै पनि धर्मावलम्बीलाई मृत्युपछिको संस्कार गर्न आवश्यक स्थान र वातावरणको उचित व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिइन ।   

एनेकपा (माओवादी) का नेता राम कार्कीले हरेक नागरिकको मृत्युपछिको अन्त्येष्टि संस्कारलाई उसैको चाहनाअनुसार राज्यले व्यवस्थित गर्नुपर्ने माग गरे  । सो अवसरमा मानवअधिकारकर्मी दमननाथ ढुङ्गाना र चरण प्रसाईंले राज्यले इसाई धर्मावलम्बीको मागप्रति सुनुवाइ नगरेकामा दुःख व्यक्त गरे  ।

इसाई धर्मावलम्बी मृत्युपछिको अन्त्येष्टिका लागि समाधिस्थलका रूपमा दहचोक र ललितपुरको बडीखेलस्थित सार्वजनिक जग्गा माग गर्दै यही चैत ९ गतेदेखि रत्नपार्कस्थित शान्तिवाटिकामा रिले अनसन बसिरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %