पैंचोका खाद्य उत्पादन अब पोखरेली बजारमा

Read Time:3 Minute, 57 Second

रूद्र श्रीसमगर

Image may contain: one or more people

पोखरा, वैशाख १४ – ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नाराका साथ बलेटक्सार–४, गुल्मीमा स्थापित पैंचो पसल प्रालिले ग्रामीण क्षेत्रमा उत्पादित कृषि खाद्यवस्तुलाई पोखरा सहरमा भित्र्याएको छ । गाउँमा पाइने खाद्यवस्तुका पारखीका लागि लक्षित गरी पोखरेली बजारमा पैंचोले आफ्ना उत्पादित खाद्यवस्तु बिक्रीको सुरुवात गरेको हो ।

पैंचो पसलले बिहीबार पोखरामा पत्रकार सम्मेलन तथा अन्तरक्रिया गर्दै नेपाली समाजमा रहेको पैंचो संस्कारलाई आत्मसात गरेर नयाँ सोंचको थालनी गरिएको पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले जानकारी दिनुभयो ।

‘प्राड्डारिक खेतीलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनको बजारीकरणका लागि हामीले उपयुक्त बाटो रोजेका हौं’, न्यौपानेले भन्नुभयो, ‘खाद्य उत्पादनको व्यवसायिकीकरणका लागि हामीले फरक ढंगले व्यवसाय सुरुवात गर्यौ ।’ पैंचो पसलका सञ्चालक राजन पौडेलका अनुसार पैंचो पसलले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा ५० भन्दा बढी संकलन केन्द्रहरू मार्फत् कृषि उत्पादन लिँदै आइरहेको छ । पैंचोले आगामी दिनमा सेवा विस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लामा समेत पुर्याउने पौडेलले बताउनुभयो ।

सुरुमा खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्री गर्दै आएको पैंचो पसलले गत वैशाख देखि आधुनिक प्रशोधन कारखानामार्फत् २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको पसलका प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

पैंचोका खाद्य वस्तु सार्वजनिक गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पैंचोले नयाँ प्रयासको थालनी गरेको उल्लेख गर्नुभयो । ‘उद्योग, व्यवसायको क्षेत्रमा यो एउटा मौलिक प्रयासको सुरुवात हो’, मुल्मीले भन्नुभयो, ‘सबै व्यक्तिवादी बन्दै व्यक्तिगत नाफा मात्रै खोज्ने बेलामा यसले सबैलाई जोड्ने काम गरेको छ ।’

देशमा बढ्दो आयातलाई रोक्न कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै मुल्मीले सञ्चार प्रविधिको प्रयोग गरेर बजार प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘तरकारी आयात मात्रै रोक्ने हो भने पनि १८/२० अर्ब रुपैयाँ जोगिन सक्थ्यो’, मुल्मीले भन्नुभयो, ‘उत्पादन गर्ने तर, बजार अभावका कारण त्यतिकै खेर जाने समस्याको अन्त्य हुनु जरुरी छ ।’
 
सो अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखाका सह–सचिव दीननाथ बरालले बोल्नुभएको थियो । पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पैंचोका सञ्चालक श्रवण कर्माचार्यले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %