रुद्र श्रीस मगर
पोखरा, वैशाख १२ – नेकपा (माओवादी केन्द्र)ले पोखरामा महानगर स्तरीय आमसभा गर्ने भएको छ । चुनावी अभियान अन्तर्गत वडा तथा गाउँसभा गर्दै आएको माओवादी केन्द्रले यही वैशाख १५ गते शुक्रबार पोखराको चिप्लेढुङ्गा मानवअधिकार चोकमा महानगर स्तरीय चुनावी सभा गर्ने भएको हो ।
सभालाई माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं चार नम्बर प्रदेशका इञ्चार्ज देव गुरुङ, ऊर्जामन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लगायतले सम्बोधन गर्ने पोलिटब्यूरो सदस्य तथा कास्की इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले जानकारी दिनुभयो ।
आमसभा दिउँसो १ बजेबाट सुरु हुने इञ्चार्ज करणले बताउनुभयो । सभा अघि पोखराको लखनचोक बाट र्याली सुरु भई चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर आमसभामा परिणत हुने उहाँले बताउनुभयो ।
