भीमाद नगरपालिका प्रमुखमा जनमुक्ति पार्टीका सारू उम्मेदवार

Read Time:1 Minute, 12 Second

रूद्र श्रीसमगर


Image may contain: 2 people

भीमाद, वैशाख १२ – यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तनहुँको भीमाद नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमुक्ति पार्टी, तनहुँले झक सारू मगरलाई उम्मेदवार बनाएको छ ।

राजमुपा, तनहुँका सचिव समेत रहेका नेता सारू मगरलाई भीमाद नगरको प्रमुखका रूपमा अघि सारिएको हो । प्रमुख दलहरूले समेत विभिन्न गाउँ र नगरका उम्मेदवारहरू टुंगो लगाइरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले पनि आफ्ना उम्मेदवारहरू क्रमशः टुंगो लगाउँदै गएको छ ।

नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष समेत रहेका नेता सारू मगरले, पार्टी निकट राष्ट्रिय युवा मोर्चामा समेत काम गरिसक्नुभएको छ । मगर समुदायको राम्रै उपस्थिति रहेको भीमाद नगरपालिकामा सामुदायिक मत आफूले राम्रै तान्ने दाबी नेता सारू मगरको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %