लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न/कम्पनीको अध्यक्षमा चन्द्रज्योति आले

Read Time:1 Minute, 55 Second

रूद्र श्रीसमगर


Image may contain: 16 people, people smiling, people sitting, table and indoor

काठमाडौं, वैशाख १२ – नेपाललगायत विश्वका विभिन्न देशमा छरिएर रहेका मगर समुदायको बीचमा एकता र आपसी सद्भाव कायम राख्दै छरिएर रहेका पुँजीलाई एकीकृत गरी ठोस योजना सहित नेपालमै लगानी गर्ने उद्देश्यका साथ स्थापित लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
 
समग्र मगर समुदायलाई उद्योगी, व्यापरी र व्यवसायी बनाइ आम मगर जातिको आर्थिक समृद्धिको अभियानमा जुट्ने उद्देश्यले स्थापित भएको यस कम्पनीले ६ महिनामै लगानी कर्तालाई लगानीको १० प्रतिशत लाभांश वितरण गरेर पनि ५० लाख रुपैयाँको सम्पत्ति कम्पनीको नाममा जोड्न सफल भएको छ ।
 
साथै, कम्पनीको साधारणसभाले चन्द्रज्योति आलेमगरको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ । त्यसैगरी, साधारणसभाले कम्पनीलाई आवश्यक सरसल्लाहका निम्ति सल्लाहकार समिति समेत गठन गरेको छ ।

अहिलेसम्म शेयर बिक्री खुल्ला नगरिएकोमा अबदेखि शेयर बिक्री खुल्ला गर्ने, कम्पनीको कुल पुँजी ५० करोडको पुर्याउने, कम्तीमा ५० रोपनी जग्गामा काठमाडौं उपत्यकामा सुविधा सम्पन्न लाफा भिलेज र लाफा सहकारीका लागि विज्ञ टोली बनाइ कार्य थालनी गर्ने, लाफा ट्राभल्स तत्काल सुरु गर्ने जस्ता महत्वपूर्ण निर्णय पनि सभाले गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %