गोविन्द घर्ती

बेसाख ११ । स्थनिय तहको निर्बाचनमा आदिबासी जनजाती उम्मेद्वारहरुलाई जिताउन पहल गर्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
नेपाल आदिबासी जन्जाती महासघ समन्व्य परिषद देबदहको आयोजनामा देबदह सेमरनामा सम्पन्न कार्यक्रमका बक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै नेपाल आदिबासी जनजाती महासघ जिल्ला समन्वय परिसदका अध्यक्ष दलबहादुर छन्त्यालले आदिबासी जनजातीहरु एक हुनु पर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल मगर सघका केन्द्रिय उपाध्यक्ष दलबहादुर बिरकट्टाले अहिलेको सबिधान आदिबासी जनजातीको हितमा नरहेको दाबी गर्नु हुँदै नीति निर्माणको तहमा पहुच पुर्याउनु पर्नेमा जोड दिनु भयो । तमु ह्युल छोज धिका केन्दृय पुर्ब सचिब भिम गुरुङले स्थानिय बिकास निर्माणका लागि स्थानीय निर्बाचन महत्वपुर्ण भएकोले आदिबासी जनजातीका उम्मेद्वारहरुलाई जिताउनु पर्नेमा जोड दिनु भयो ।
महासङ देबदहका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्ष्तामा भएको कार्यक्रममा सल्लाहाकरहरु वीरबहादुर गुरुङ कालुराम थापा, वीरबहादुर थापा, राजु भुजेल, पदम थापा, तमु ह्युलका टौबहादुर तमु, मगर सघका शोभा थापा, थारु कल्याणकारी सभाका लालबहादुर चौधरी बिद्यालक्ष्मी गुरुङ, मिना श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सहसचिब रमा कुमालको सन्चालन र कोषाध्यक्ष नवीन श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
