संघीयता र गणतन्त्र माओवादीले ल्याएको हो : करण

Read Time:2 Minute, 32 Second

रूद्र श्रीसमगर


पोखरा, वैशाख ११ – नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता माओवादीले ल्याएको जिकिर गर्नुभएको छ ।

माओवादी केन्द्र मादी गाउँपालिका, कास्कीले आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक तथा लेनिन जयन्ती विशेष कार्यक्रममा बोल्दै नेता करणले माओवादी जनयुद्धकै कारण सिंहदरबारमा केन्द्रित शक्ति र अधिकार जनताको घरदैलोमा आइपुगेको दाबी गर्नुभयो । ‘सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमा आइपुगेको छ’, नेता करणले भन्नुभयो, ‘माओवादीकै बलमा स्थानीय तहको कार्यान्वयन भएर निर्वाचन घोषणा समेत भएको छ, त्यसकारण माओवादीले जिते मात्र संघीयताको वास्तविक कार्यान्वयन सम्भव छ ।

भगवतीटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं मादी गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक बखानसिंह गुरुङ ‘आभास’ले माओवादीकै नेतृत्वमा उज्यालो नेपाल अभियानले पूर्णता पाउन लागेको जनाउँदै माओवादी जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको दाबी गर्नुभयो ।

माओवादी केन्द्र मादी गाउँपालिकाका अध्यक्ष मित्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शहीद परिवार राधा सापकोटा, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू लालबहादुर गुरुङ, कृष्णराज दाहाल, तोरण गुरुङ, योङ कम्युनिष्ट लिग, नेपाल (वाईसिएल) कास्की जिल्ला इञ्चार्ज नवीन गुरुङ लगायतले बोल्नुभएको थियो । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा कृषि, पर्यटन, जडिबुटी, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार लगायतका विषय समेटिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %