रूद्र श्रीसमगर
पोखरा, वैशाख ११ – तमुवानका आदिवासी जनजाति तमु जातिको मौलिक संस्कार र संस्कृति जोगाउने एक मात्र तमु धार्मिक संस्था तमु प्ये ल्हु संघको भ्रातृसंगठन तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको २४ औं साधारणसभा तथा छैठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा शुक्रराज सरब्जा तमु सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, महाधिवेशनबाट प्रथम उपाध्यक्षमा जोशन प्रु क्ल्हेप्री तमु, द्वितीय उपाध्यक्षमा रुपा ल्हेंगे तमु, महासचिवमा पवित्रा प्हच्यु तमु, सचिवमा सन्तोष ङोर तमु, सह–सचिवमा पुनम ल्हेंगे तमु, कोषाध्यक्षमा जीवन प्हच्यु तमु र सह–कोषाध्यक्षमा ममता सरब्ज तमु चयन हुनुभएको छ ।
त्यसैगरी, प्रचारप्रसार विभाग प्रमुखमा सुरज ङोर तमु, विदेश विभाग प्रमुखमा नेत्र क्रोम्छे तमु, महिला विभाग प्रमुखमा पूर्णिमा ल्हेंगे तमु, सांस्कृतिक विभाग प्रमुखमा विश्वास कोन्मे तमु एवं सदस्यहरूमा ज्ञानेन्द्र प्हच्यु तमु, कमलबहादुर चोर्मे तमु, रोशन ल्हेंगे तमु, टीका ल्हेंगे तमु, अनिल ल्हेंगे तमु, गोपाल कुप्छे तमु, साजन टु तमु, हर्क ल्हेंगे तमु, कृष्ण ल्हेंगे तमु र कविता कोन्मे तमु रहनुभएको छ ।
