राज्यसत्ता
पाल्पा, बैशाख १० – राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाको शनिवार बसेको बैठकले स्थानिय तहको चुनावका लागी उम्मेद्धारी छनोट गरेको छ । यही बैशाख ३१ मा हुने निर्वाचनमा नगरपालीका, गाउपालीका, वडा संयोजक र सदस्यहरुको नामावली छनौट गरेको जनमुक्ति पार्टी पाल्पाका जिल्ला अध्यक्ष नारायण बहादुर कुवरले जानकारी दिनुभयो ।
उम्मेद्धारको आकांक्षी धेरै भएकाले सबैको नाम प्रस्ताव गरेको जनमुक्ति पार्टीले जनाएको छ । अध्यक्ष कुवरका अनुसार तानसेन नगरपालीकाको मेयरमा होम बहादुर थापा, प्रज्ञासागर शाक्य, बिष्णु माया थापा, बालकिशोर राना, खुम बहादुर सिंजालीको नाम सिफारिस भएको छ । नगरपालीकाको उपमेयरमा मोहन कुमारी थापा, सावित्री राना र जिवा आलेको नाम प्रस्ताव गरेको छ ।
नगरपालीकाको सदस्यमा सीता सारु, सावित्री राना, दिल बहादुर राना, टिका बुचा, धन बहादुर वराल, छवि सोमै, मोहन कुमारी थापा, रिखि नेपाली, मोहन कुमारी बुढाथोकी , मदन सिंग राना, नारायणी राना, क्याप्टेन डम बहादुर राना, कमल प्रसाद राना, देव बहादुर थापा, देव बहादुर लुहागुन र टिका बहादुर मास्कीको नाम जिल्ला समिमितिले प्रस्ताव गरेको छ ।
जनमुक्ति पार्टी जिल्ला समितिको बैठकले वगनासकाली गाउपालीकाको अध्यक्षमा नारायण बहादुर कुवर, सदस्यमा कृष्ण कंवर, रेशम दर्लामी, हरी कृष्ण दिशा मगर र ओम बहादुर सारुको नाम प्रस्ताव गरेको छ ।
माथागढी गाउपालीकाको अध्यक्षमा टेकुराम गाहाको नाम सिफारिस भएको छ । तिनाहु गाउपालीकाको अध्यक्षमा राम बहादुर अस्लामी, सदस्यमा थमान अस्लामी र नारायण गाहाको नाम परेको छ । माथागढी गाउपालीकाको सदस्यमा टेक बहादुर चिदी, भुवन गाहा र श्याम सारुको नाम सिफारिस भएको छ ।
जनमुक्ति पार्टी पाल्पाको बैठकले निस्दी गाउपालीकाको अध्यक्षमा हुम बहादुर सुनारी र नीर बहादुर सुनारीको नाम सिफारिस गरेको छ ।
रिब्दीकोट गाउपालीकाको अध्यक्षमा कृष्ण रेश्मी, उपाध्यक्ष ईन्द्रि गाहा, सदस्यमा जगत राना, चेत बहादुर गाहा, तिल कुमारी पचभैया, सुमित्रा रोका र भिम बहादुर गाहाको नाम सिफारिस भएको छ । पुर्वखोला गाउपालीकाको अध्यक्षमा अमर गाहाको नाम सिफारिस भएको राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य केयर सिंग रानाले जानकारी दिनुभयो ।
