जेठ १४ मा संविधान जारी हुन सक्दैन :सुजाता कोइराला

Read Time:1 Minute, 47 Second

विराटनगर, २९ चैत

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीतिक दल इमान्दारीपूर्वक नलागेमा जेठ १४ गतेभित्र संविधान जारी हुन नसक्ने ठोकुवा गरेकीछन ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानसभाको म्याद थप्ने वा नथप्नेभन्दा पनि दलहरू गम्भीर भएर समयमै संविधान जारी गर्न लाग्नुपर्ने बताए  ।

विगतमा संविधानसभाको म्याद थप्नुबाहेक कुनै खासै काम गर्न नसकेको उल्लेख गर्दै नेत्री कोइरालाले अब म्याद थप्नु भनेको जनतालाई झुक्याउनु हो  भनिन  । उनले पहिले शान्तिप्रक्रियालाई टुङ्गोमा पुयाएपश्चात् संविधान जारी गर्नुपर्ने उल्लेख गर्दै दलहरू त्यस कार्यमा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औँल्याइन  ।

एक प्रश्नको जवाफमा उनले अहिले काँग्रेसलाई कमजोर पार्ने खेल सुरु भएको छ भन्दै यस्तो षड्यन्त्र गरेमा मुलुकमा ठूलो दुर्घटना हुने चेतावनीसमेत दिइन । संविधान जारी गर्ने समयमा नेका पार्टीभित्र विवाद आउनु राम्रो होइन भन्दै नेत्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %