चित्रेभञ्ज्याङमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

Read Time:3 Minute, 34 Second

रूद्र श्रीसमगर


Image may contain: 6 people, people standing

चित्रेभञ्ज्याङ, वैशाख ७ – स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ४, चित्रेभञ्ज्याङमा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

नेपाल मगर संघ चित्रेभञ्ज्याङ गाउँ कार्यसमितिको आयोजना तथा साबिकको चित्रेभञ्ज्याङ गाविसको सहयोगमा मंगलबारदेखि सुरु भएको तालिम बिहीबार सकिएको हो । ५० जना प्रशिक्षार्थी सहभागी तालिममा पत्रकार रूद्रबहादुर श्रीसले सहजीकरण गर्नुभएको थियो ।

तालिमको समापनका अवसरमा बोल्दै हरिनास गाउँपालिकाकी कार्यकारी अधिकृत शिला बराल सापकोटाले व्यक्तित्व विकासका लागि बोल्ने कलाको अति आवश्यक भएको बताउनुभयो । ‘व्यक्तित्व विकासका लागि बोल्ने कला चाहिन्छ’, सापकोटाले भन्नुभयो, ‘नागरिकको सशक्तिकरणका लागि राज्यले विभिन्न तालिमहरूका लागि सहयोग गरिरहेको छ, आशा छ, यो तालिमबाट पनि तपाईहरूले आधारभूत ज्ञान सिक्नुभयो होला ।’ मुलुक नयाँ संरचनामा गएको बताउँदै सापकोटाले जनताले राज्यका निकायबाट सेवा पाएको नपाएको बारेमा खबरदारी गर्न आग्रह गर्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक पत्रकार रूद्रबहादुर श्रीसले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै राम्रो बोल्नका लागि अभ्यासको जरुरी रहेको बताउनुभयो । ‘अभ्यासबाट नै कुनै पनि व्यक्ति कुनै पनि कुरामा निपुण बन्न सक्छ’, पत्रकार श्रीसले भन्नुभयो, ‘तालिम मात्र सबैथोक होइन, आफ्नो अभ्यास र प्रयास पनि उत्तिकै जरुरी हुन्छ, तब मात्र कुशल उद्घोषक बन्न सकिन्छ ।

सो अवसरमा नेपाल मगर संघ साबिकको वडा नं. ७ का अध्यक्ष आशा थापा, वडा नं. २ का उपाध्यक्ष पुनम थापा र वडा नं. ३ का सचिव भोजबहादुर राना, प्रशिक्षार्थीहरूका तर्फबाट दुर्गाकुमारी राना र मुक्तबहादुर रानाले तालिममा सिकेका कुरा र आ–आफ्नो अनुभवबारे भनाइ राख्नुभएको थियो ।

Image may contain: 9 people, indoor

नेपाल मगर संघ चित्रेभञ्ज्याङका अध्यक्ष रेवती थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हुमा थापाले गर्नुभएको थियो । यसअघि, तालिमको उद्घाटन चित्रेभञ्ज्याङकी सामाजिक परिचालिका इन्द्रकुमारी रानाले गर्नुभएको थियो भने मातृभूमि माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सु. तेजबहादुर राना, हरिनास गा.पा. वडा नं. ४ का संयोजक शेरबहादुर राना, युवा सञ्जालका अध्यक्ष दीपेन्द्र थापा र खिमकुमारी थापाले बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %