जनजाति मुस्लिम सभासद्को अवरोधका कारण संवैधानिक समितिको बैठक बसेन

Read Time:1 Minute, 11 Second

काठमाडौँ, २९ चैत

संवैधानिक समितिको आज बिहान बस्ने गरी तय भएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको छ । समितिको विगतका बैठकमा आदिवासी जनजाति, पिछडिएका वर्ग, मुस्लिम समुदायको हकअधिकार नयाँ संविधानमा समावेश गर्ने सुनिश्चितता नभएसम्म बैठक चल्न नदिने केही सभासद्हरुको अवरोधका कारण बैठक विषयमै प्रवेश नगरी स्थगित हुँदै आएको थियो ।

समितिमा देखिएका विवाद र प्रश्नहरुको प्रमुख तीन राजनीतिक दलहरुबीच परामर्श भई समाधान निस्किएला र अन्य दलहरुसँग समेत छलफल होला भनी बैठक आजलाई डाकिएकोमा दलहरुको बैठकै नबसेको परिस्थितिमा आजको बैठक स्थगित गर्नु परेको समितिका सभापति नीलाम्बर आचार्यले जानकारी दिए । उनले समितिको अर्को बैठक आगामी २०६८ वैशाख २ गते बिहान ८ः३० बजे पनि जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %