संजय सिंजाली मगर

काठमाण्डौं, बैसाख २ – बिभेदकारी स्थानीय निर्वाचन ऐन खारेज गर, दलिय चुनाव चिन्ह सहित निर्वाचनमा भाग लिने अधिकार सुनिश्चित गर भन्ने मूल नाराका साथ शान्तिबाटीका स्थित ६८ दलीय संयूक्त संघर्ष समितिको अन्सन तथा कोण सभा संम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बिभिन्न राजनैतिक दलका नेता, पार्टीका कार्यकर्ता र मिडिया संञ्चार उपस्थित रहेका थिए ।
६८ दलीय संयूक्त संघर्ष समितिको मागहरु :-
– बिभेदकारी स्थानीयतह निर्वाचन ऐन खारेज गरिनु पर्ने
– निर्वाचन आयोगमा दर्ता भएका दलहरुलाई दलीय पहिचान निर्वाचन चिन्ह सहित निर्वाचनमा जानपाउने अधिकार सुनिश्चित हुनुपर्ने
– निर्वाचन आयोगमा दर्ताभएका दलहरुलाई सबै जिल्लामा निर्वाचन लड्न पाउने व्यवस्था गरिनु पर्ने
– निष्पक्ष निर्वाचनको सुनिश्चित हुनुपर्ने
– तिन दलीय सिण्डिकेट खारेज गर्नुपर्ने जस्ता मगरहरु राखेका थिए ।
६८ दलीय संयूक्त संघर्ष समितिले आयोजन गरेको कार्यक्रम संञ्चालन नगेन्द्र राईले गरेका थिए ।
{facebook}1245730998809759{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
६८ दलीय संयूक्त संघर्ष समितिको अन्सन तथा कोण सभा फोटो झलक.
