गोविन्द घर्ती

चैत्र ३० । रुपन्देहीको देवदह नगरपालिको भलुही र तिलोत्तमा नगरपालिकाको भुपु सैनिकलाई जोड्ने रोहिणी खोलामा पक्की पुलको निर्माण कार्य शुरु भएपछि स्थानीय वासी खुसी भएका छन् ।
विगत लामो समय देखि गरेको प्रयास सफल भएपछि स्थानीयवासीहरु खुसी देखिएका हुन । राष्ट्रिय योजना आयोगको करिव ६ करोडको लागतमा निर्माण हुन लागेको हो । उक्त पुल २०७५ असार मसान्त सम्म सम्पन्न हुने ईन्जिनियर वसन्त श्रेष्ठले बताउनु भयो । ११ मिटर चौडाई र दुवई साईतमा फुटफाट निर्माण हुने ईन्जििनियर श्रेष्ठले बताउनु भयो । पुलको दाया वाया पक्की पुल निर्माण पछि तिलोत्तमाको भुपु सैनिक र देवदहको भलुहीका वासिन्दाहरु लाभान्वित हुने स्थानीयवासीहरुको भनाई रहेको छ ।
भुपु सैनिकबाट भलुहीको विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई बढि समस्या रहेको र यो पुल निर्माण पछि सजिलो हुने स्थानीय समाजसेवी रुका सापकोटाको भनाई रहेको छ । रोहिणी नदिमा पक्की पुल निर्माण पछि मणिग्राम सम्मका जनताहरुलाई सहज हुने भुपु सैनिकका समाजसेवी तेजबहादुर कुवले बताउनु भयो । पुल निर्माण पछि बुटवल हुदै भैरहवा जानेहरुलाई समेत सजिलो हुने समाजसेवी हिराबहादुर खत्रीले बताउनु भयो । पुल निर्माण पछि हाईवेयमा हुने दुघर्टना समेत न्यूनिकरण हुने भएकोले बैकल्पिक बाटोको रुपमा समेत प्रयोग आउन सक्ने समाजसेवी खत्रीले बताउनु भयो ।
