धादिङ काठमाण्डौं सम्पर्क समितिले भित्तेपात्रो बिमोचन तथा नया बर्षको शुभकामना आदनप्रधान(भिडियो सहित)

संजय सिंजाली मगर

 

{youtube}https://youtu.be/6qW_Kp27eiQ{/youtube}

काठमाण्डौं, चैत्र २८ – नेपाल मगर धादिङ काठमाण्डौं सम्पर्क समितिले कलंकी स्थित मगर संघ केन्द्रीय भवनमा एक कार्यक्रम गरि भित्तेपात्रो बिमोचन गरेको छ ।

सो कार्यक्रममा भित्तेपात्रो बिमोचन नेपाल मगर महिला संघका अध्यक्ष गंगा खासुले गर्नु भएको हो । उहाले भन्नु भयो समाज परिवर्तन गर्न संघर्ष गर्नु पर्छ, सफलता भन्ने कुरा संघर्ष गर्नेलाई मात्र पछी लाग्ने गर्छ भन्दै प्रशंसा गर्नु भयो ।

उक्त कार्यक्रममा सभापतिको आसन ग्रहण संघका कृष्ण आले मगर, प्रमुख अतिथि गंगा खासु मगर, बिशेष अतिथि नेमसंघ केन्द्रिय सम्पर्क समन्वय समितिको बरिष्ठ उपाध्यक्ष राजेन्द्र थापा मगर थिए ।

Image may contain: 6 people, people standing

त्यस्तै अतिथिहरु मा नेमसंघ सिन्धुपाल्चोक काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष दिपक थापा मगर, नेमसंघ केन्द्रिय सम्पर्क समन्वय समितिको केन्द्रिय सदस्य झलक थापा मगर, नेपाल मगर सांस्कृतिक संघका महिला उपाध्यक्ष अमला थापा मगर, नेपाल मगर बिध्यार्थी संघका अध्यक्ष कमल थापा मगर, त्यस्तै र्झोले साप्ताहिकका संरक्षक गणेश थापा मगर र राज्यसत्त डटकमका पत्रकार संजय सिंजाली मगरलाई संघका कोषध्यक्ष शोभा आले मगरले खादा लगाई सम्मान गर्नु भयो ।

संघका अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सचिव महेश राना मगर र सदस्य जिवन थापा मगरले स्वागत गर्नुभएको थियो ।

 

{facebook}1240997392616453{/facebook}

 

फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

२०७४ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदनप्रधानको फोटो झलक.