गोविन्द घर्ती

चैत्र २८ । रुपन्देहीको देवदहमा रहेको स्मृति सामुदायिक वन क्षेत्रमा देवदह स्मृति वन वाटिका शिलान्यास गरिएको छ ।
उक्त वाटिकाको एक कार्यक्रमका वीच जिल्ला वन कार्यालय रुपन्देहीका जिल्ला वन अधिकृत रोमराज लामिछानेले एक कार्यक्रमका वीच शिलान्यास गर्नु भएको हो । स्मृति सामुदायिक वन क्षेत्रको करिव ५ विगाहामा उक्त वन देवदह स्मृति वाटिका बनाउन लागेको सो अवसरमा जानकारी दिईइको थियो । जिल्ला वन कार्यालय रुपन्देहीबाट ८ लाख र स्मृति सामुदायिक वन समुहको २ लाखबाट वन वाटिका निर्माण कार्य शुरु गर्न लागिएको हो । उक्त वन वाटिका क्षेत्रमा झोलुङ्गे पुल, वाल उद्यान, चिडिया खाना, पिकनिक स्थल, बोटिङ्ग लगायतका भौतिक निर्माण कार्य गर्ने जनाएको छ ।
सो अवसरमा बोल्दै जिल्ला वन कार्यालय रुपन्देहीका जिल्ला वन अधिकृत लामिछानेले वन वाटिका निर्माणले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जान सकिनेमा जोड दिनु भयो । उहाले देवदह पर्यटकीय हिसावले महत्वपूर्ण स्थल रहेकोले वन वाटिका निर्माण संगै यस क्षेत्रको विकास हुनेमा जोड दिनु भयो । उहाले वन वाटिका निर्माणले देवदह क्षेत्रमा पर्यटक भित्रयाउन सकियो भने यस क्षेत्रको आर्थिक अवस्था समेत बलियो हुने बताउनु भयो । उहाले जैविक विविधताको संरक्षण संगै विकासका कामहरु गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरत कुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो । समुहका उपाध्यक्ष मिना श्रेष्ठको स्वागत र सचिव शुसिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
