शोभा आले मगर

काठमाण्डौं, चैत्र २६ – देश बिदेशको सफलता पूर्वक प्रर्दशन सगै अब काठमाण्डौमा पनि खुर्पेटो प्रर्दशन हुने भएको छ । मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.लि.को ब्यानमा निर्माण भएको मगर कथानक नेपाली भाषाको चलचित्र खुर्पेटो यस अघी देश बिदेशको बिभिन्न ठाउमा सफलता पूर्वक प्रर्दशन सगै यही चैत्र ३१ गते काठमाण्डौ स्थित राष्ट्रिय नाचघर जमलको मेघाहलमा च्यारिटी शो हुँदैछ ।
भिम राना मगरको परिकल्पना राजेन्द्र आले (तुल्)को लगानी अनि बिश्वास मगर (बिकास)को लेखन तथा निर्दशनमा बनेको खुर्पेटो यस अघी नेपालको दमौली, सुर्खेत र काभ्रे अनि देश बाहिर कुवेत र युकेको आठ स्थानमा सफलता पूर्वक प्रर्दशन भएको थियो ।
मगरको पहिचान मुलक चिन्ह खुर्पेटो, यसको परिचय, निर्माण, बिशेषता, प्रयोग, आवश्यकता र महत्व जस्तो पक्षलाई समेटी मगर युवा युवतीको कला सिर्जना र मायालाई यथार्थपरक ढङ्गमा उतारी ग्रामिण जिबन शैलीमा आधारित शिक्षामुलक नारी प्रधानरुपमा तयार गरिएको निर्दशक बिश्वास मगर (बिकास)ले बताउनुभयो ।
एउट उमेर पुगेको नारी किन लाखौ बिवाहको प्रस्ताब आउँदा पनि बिवाह नगरि बस्छिन भन्ने बिषयमा कथाले सार लिएको छ । चलचित्रमा खुर्पेटो सगै मगर पुरुषहरुले लगाउने भाङ्ग्रालाई पनि दर्शाउन खिजिएको छ । मगर युवा युवतीको आफ्नो सिप कलालाई मायामा कसरी साटासाट गर्छन भन्ने कुरा चलचित्रमा देखाएको छ । गरीब र ग्रामिण जिवन शैली रहर बाध्यता अनि समस्या जस्ता कुरा अनि प्रेम मिलन बिछोडलाई समेटि निर्माण गरिएको छ । अझ बिशेष एउटा सोझो साधारण गरीब मगर युवा आखिर अन्तिममा कसरी देशको लागी सहिद हुन्छ, भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । त्यस पछी मिलन बिछोड पछी एउटा नारीले भोग्नु पर्ने पिडालाई जस्ताको त्यस्तै पर्दामा उतार्न खोजिएको छ ।
चलचित्रमा चिरपरिचित लोक दोहोरी गायिका मुना थापा मगर पहिलो पटक चलचित्रको पर्दामा देखा परेकी छिन । त्यसै गरी साथमा टिका आले मगर, सुजन थापा मगर, बिना थापा मगर, संगिता तुम्सिङ्ग मगर, शोभा आले मगर, राजन थापा मगर, बबिता आले मगर, राजु आले मगर्, सल्मा पुन मगर्, बिष्णु आले मगर, सम्झना आले मगर, बिकास राना मगर, सन्जय बुढाथोकी, राजेश थापा मगर्, नारायण गुर्माछान्, राजेन्द्र आले, राज कुमार आले तथा बाल कलाकार आभाश आले मगर र सरु आले मगरको प्रमुख भूमिका रहेको छ ।
चलचित्रमा ४ वटा गित समाबेश गरिएको छ । जुन ४ वटै गित अहिले बजारमा अत्यन्तै लोकप्रिय छ । चलचित्रमा नृत्य निर्देशकमा चित्र मास्की मगरको महत्व भूमिका रहेको छ, भने छायाङ्कनमा राहुल राई र सम्पादनमा मित्र गुरुङ ले गर्नु भएको हो ।
गोरखाको बुङ्कोट रोमणीय बातावरण र यसको आसपासमा छायाङ्कन गरिएको यस चलचित्र कम बजेटमा निर्माण भएको हो । र नया पुराना कलाकारले देब्यु गरेको यस चलचित्र सबैले मन पराउने निर्दशक बिश्वास मगर (बिकास) ले दाबी गरेका छन ।
