एकीकृत शिक्षक संगठन हरिनास गाउँपालिका संयोजकमा राना

Read Time:1 Minute, 34 Second

रूद्र श्रीसमगर

हरिनास, चैत्र २५ – नेकपा (माओवादी केन्द्र)निकट शिक्षकहरूको भेलाले स्याङ्जाको हरिनास गाउँपालिकास्तरीय सम्मेलन आयोजक समिति चयन गरेको छ ।

बुधबार भएको भेलाले बालकृष्ण रानाको संयोजकत्वमा एकीकृत अखिल नेपाल शिक्षक संगठन हरिनास गाउँपालिका सम्मेलन आयोजक समिति चयन गरेको हो ।

आयोजक समितिका सदस्यहरूमा प्रकाश सुवेदी, हुमाकुमारी थापा, नेत्रबहादुर भट्ट, यामकुमारी गोतामे, अमृता थापा, मेखमाया थापा, होमबहादुर विक, गोपाल लम्साल, रेशम गोतामे, घनश्याम शर्मा, बबिता थापा, सपना आले, प्रकाश सिग्देल, तुलसी आले, दिलमाया थापा, मोहनीप्रसाद दाहाल, हिरामाया थापालगायत रहनुभएको छ ।

चित्रेभञ्ज्याङको रोदीखोलामा भएको शिक्षकहरूको भेलालाई नेकपा (माओवादी केन्द्र) हरिनास गाउँपालिका सह–इञ्चार्ज प्रेमबहादुर थापा, मातृभूमि माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणसिंह थापा, नरनाथ लम्साल, कोषबहादुर थापा, रेवती थापालगायतले सम्बोधन गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %