राष्ट्रिय युवा मोर्चाको पाचौं राष्ट्रिय महाधिवेशन पाल्पाको तयारी पुरा

Read Time:1 Minute, 10 Second

 सनु थापा मगर

 

पाल्पा, २५ चैत्र – जनमुक्ति पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाको पाचौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।


युवा देश निर्माणको मूल आधार भन्ने उदेश्यका साथ यहि चैत्र २७ र २८ गते पाल्पामा हुन लागेको महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।


राष्ट्रिय युवा मोर्चाका केन्द्रिय कोषाध्यक्ष शंकर गाहा मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महाधिवेशनमा २६ जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन पार्टी महासचिव केशब सुर्यबंशीले गर्नु हुने कार्यक्रम तय भएको छ । कार्यक्रम एलबी गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %