गोविन्द घर्ती

चैत्र २३ । चैत्र दशै तथा रामनवमी पर्व रुपन्देहीको देवदह विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
विगत लामो समय देखि भगवान गौतम बुद्धको मावली स्थल देवदह–४, भवानीपुरमा चैत्र दशैको अवसरमा रामनवमी मेला लाग्दै आएको छ । र यस बर्षपनि उक्त रामनवमी मेलालाई निरन्तरता दिईएको छ । मेलालाई कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिति भवानीपुरले विगतका बर्षहरु देखि व्यवस्थित बनाउदै आईरहेको छ ।
पाल्पा, नवलपरासी, कपिलवस्तु, भारतको गोखरपुर, महाराजगञ्ज देखि रामनवमीको दिन मेला भर्न आउने गर्दछ । भगवान गौतम बुद्धको मावली स्थल भवानीपुरमा रहेको मायादेवी मन्दिरमा पुजा आजा सहित काटमार गर्दै आएपनि केहि बर्ष अगाडि देखि मारकाट गर्न नदिएको कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताउनु भयो । हिजोका दिनमा मेला अव्यवस्थित रुपमा संचालन हुदै र समिति निर्माण पछि रामनवमी मेलाको अवसरमा हुने काटमारलाई निषेध गर्दै व्यवस्थित रुपमा संचालन गर्न समिति लागिपरेको अध्यक्ष रानाले बताउनु भयो ।
विगतका बर्षहरुमा मायादेवि मन्दिरमा मारकाट गरिएकोमा अहिले त्यसलाई परिवर्तन गरी मन्दिर भन्दा बाहिर मारकाटको व्यवस्था मिलाईएको उपाध्यक्ष विष्णु ज्ञवालीले बताउनु भयो । भगवान गौतम बुद्धको मावली स्थल रहेकोले रामनवमीको अवसरमा हुने मारकाटलाई पूर्णरुपमा वन्द गर्न लागिरहेको र अहिले कम हुदै गएको उपाध्यक्ष ज्ञवालीले बताउनु भयो ।
