मगरात प्रादेशिक बिरोध सभा पाल्पामा सम्पन्न/संबिधान संसोधन हुनै पर्छ: नबिन रोका

Read Time:3 Minute, 40 Second

देव पचभैया

Image may contain: 7 people

पाल्पा, चैत्र २२ – पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संबिधान संशोधनका लागि हाम्रो साझा अभियान भन्ने मूल नाराका पाल्पामा मगरात प्रादेशिक बिरोध सभा भएको छ ।  

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद र मगरात संघर्ष समिति, पाल्पाको संयुक्त आयोजनामा बिरोध सभा भएको हो ।

कार्यक्रमका प्रमुख बक्ता नेपाल आदिवासी जनजाति महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष एबं नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले अन्तरिम संबिधानले दिएका अधिकार समेत हटाएर ल्याईएको अहिलेको संबिधान जसरी पनि संसोधन हुनै पर्नेमा जोड दिनुभयो । २०७२ को संबिधानले नेपालका बहुसंख्यक आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, पिछडाबर्ग लगायतलाई बिभेद गरेको भन्दै उहाँले आदिवासी जनजातिलाई भरिया बनाएर सत्तामा पुग्ने दलका नेताहरूले उत्पिडित बर्ग र समुदायलाई अधिकार दिन कन्जुस् गरेको आरोप लगाउनुभयो ।

कार्यक्रमका अर्का बक्ता नेपाल मगर संघ केन्द्रका पूर्ब बरिष्ठ उपाध्यक्ष एबं मगरात संघर्ष समितिका पूर्ब संयोजक बसन्त घर्ति मगरले ऐतिहासिक पहिचान र अधिकार सम्पन्न संघीयता प्राप्तीको आन्दोलनमा जस्तोसुकै मूल्य चुकाउनुपरे पनि पछि नहट्ने उद्घोष गर्नुभयो । स्थानिय तहको चुनाबमा पहिचान बिरोधीलाई चिनेर पाखा लगाउनुपर्नेमा उहाको आग्रह थियो  ।

विरोध सभालाई नेपाल मगर संघका भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर, गुरूङ्ग राष्ट्रिय परिषदका केन्द्रिय कोषाध्यक्ष टौ बहादुर गुरूङ्ग, मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापा मगर, नेपाल मगर भूतपुर्ब सैनीक तथा प्रहरी संघका अध्यक्ष होम बहादुर थापा मगर, आदिवासी जनजाति महासंघ पाल्पाका संस्थापक अध्यक्ष गम बहादुर थापा, मगर संघका केन्द्रिय सदस्य बल बहादुर राना मगर, नेवा द्धय दबु पाल्पाका अध्यक्ष प्रेम सागर शाही(नेवार), मगर संघ पाल्पाका उपाध्यक्ष जहर सिंह सारु लगायतले अधुरो र अपुरो संबिधान संशोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, पाल्पाका सचिब राम बहादुर गरंजा(एसकुमार) को सञ्चालन र सस्थाका अध्यक्ष केहर सिंह रानाको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

{facebook}1233705690012290{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

 

 मगरात प्रादेशिक बिरोध सभा पाल्पाको फोटो झलक.

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %